पहिरोले स्कुल बगायो
बुधबार, असार ३, २०७७
प्रदेश ५ का स्थानीय तहहरुको बजेट प्राथमिकता र विश्लेषण
बुधबार, असार ३, २०७७
स्थानीय तहहरुले विगत दुई आर्थिक वर्षमा कुन कुन क्षेत्रमा के कति वजेट छुट्टयाएका छन् ? अथार्त् स्थानीय तहहरुले कुन कुन क्षेत्रलाई प्राथमिकता दिएका छन् भन्ने कुरा थाहा पाउन यो विश्लेषण गरिएको हो । यसमा प्रदेश नम्बर ५ का १८ वटा स्थानीय तहलाई समावेश गरिएको छ । १८ स्थानीय तहमध्ये दुईवटा...
एनसेलको डेटा र भ्वाइस प्याकहरू लिन अझै सहज
बुधबार, असार ३, २०७७
एनसेलका ग्राहकहरूले अब अझै सजह रूपमा डिजिटल वालेटहरू र एनसेलका आधिकारिक खुद्रा विक्रेताबाट सिधै डेटा र भ्वाइस प्याकहरू लिन सक्ने भएका छन् । यसका लागि एनसेल प्रालिले विभिन्न तीन मोवाइल वालेटहरूसँग साझेदारी गरेको छ र आफ्ना खुद्रा विक्रेताहरूलाई पनि प्याकहरू विक्री गर्न सक्ने सुविधा प्रदान गरेको छ । विविध सेवा...
२६ कोरोना सङ्क्रमित घर फिर्ता
मंगलबार, असार २, २०७७
भैरहवाको भीम अस्पतालबाट २६ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । गत जेठ १९ र २० गते अस्पतालको आइसोलेशन सेण्टरमा भर्ना भएका कपिलवस्तुका १४, रुपन्देहीका दश र नवलपरसीका दुई सङ्क्रमित निको भई आज घर फर्किएको भीम अस्पतालका प्रवक्ता गोपाल उपाध्यायले जानकारी दिए ।
पिसिआर परीक्षणको दायरा बढाउन पाल्पा काँग्रेसको माग
मंगलबार, असार २, २०७७
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पाल्पाले पिसिआर मेसिन सहितको ल्याव स्थापना गरी परीक्षणको दायरा बढाउन माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई १६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । मंगलबार नेपाली कांग्रेसका जिल्ला सभापति तथा प्रदेश सांसद वीरबहादुर रानाको नेतृत्वमा जिल्ला प्रशासन पुगेका कांग्रेस नेताहरुले प्रमुख जिल्ला...
सिद्धबाबा क्षेत्रमा डबल क्याप दुर्घटना हुँदा ६ जना घाईते, २ को अवस्था गम्भीर
मंगलबार, असार २, २०७७
तानसेन बुटवल खण्ड अन्तर्गत सिद्धबाबा क्षेत्रमा मंगलबार डबल क्याप गाडी दुर्घटना भएको छ । पाल्पादेखि बुटवलतर्फ जाँदै गरेको गाडी तिनाउ गाउँपालिका ३ सिद्धबाबा मन्दिर नजिकैबाट खस्दा ६ जना घाईते भएका छन् ।
अदुअआका उजूरी स्थानीय तहका बढी
मंगलबार, असार २, २०७७
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा परेका उजूरीमध्ये गुल्मीबाट सबैभन्दा बढी स्थानीय तहका विषयमा परेका छन् । आर्थिक वर्ष २०६६/०६७ मा गुल्मीबाट परेका ९७ मध्ये ३९ स्थानीय तहका उजूरी दर्ता भएको आयोगको कार्यालय बुटवलका प्रमुख भीष्कुमार भुसालले जानकारी दिए । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण तीन, सञ्चार तथा सूचना...
५० हजार थान पीसीआर प्रदान
मंगलबार, असार २, २०७७
दक्षिण कोरियाली सरकारले नेपाल सरकारलाई ५० हजार थान आर टि–पीसीआर किट प्रदान गरेको छ । देशभर कोरोना सङ्क्रमण फैलिरहेकोले परीक्षणको दायरा बढाउन कोरियाली सहयोग नियोग (कोहका) ले आज रु ६ करोड २५ लाख बराबरको ती परीक्षण उपकरण आज सरकारलाई हस्तान्तरण गरेको छ ।
मनसुन सक्रिय : तीन दिन वर्षाको सम्भावना
मंगलबार, असार २, २०७७
मनसुन सक्रिय भएकाले आगामी तीन दिन देशको अधिकांश स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जुन १२ (जेठ ३०) गते देशको पूर्वी भूभाग हुँदै नेपाल प्रवेश गरेको मनसुनी वायु सक्रिय भएकाले आगामी तीन दिन देशको अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मान्नधरले बताए ।
दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि
मंगलबार, असार २, २०७७
बागलुङमा दूधको मूल्य वृद्धि भएको छ । बागलुङ दुग्ध व्यवसायी सङ्घले सोमबारदेखि लागू हुने गरी दूधको मूल्यमा प्रतिलिटर रु २० का दरले वृद्धि गरेको छ । यसअघि दुधको मूल्य रु ८० प्रतिलिटर खुद्रा मूल्य रहेकामा मूल्यवृद्धि भएसँगै प्रतिलिटर रु १०० पर्ने भएको छ ।
युवाको असन्तोषलाई सम्वोधन गर
मंगलबार, असार २, २०७७
कोरोना भाइरसको संक्रमण रोक्ने सरकारका कामको सर्वत्र आलोचना भइरहेको बेला युवा वर्ग त्यसको विरोधमा उत्रिएका छन् । युवाहरु विगत केही दिनदेखि देशका मुख्य–मुख्य शहरहरुमा स्वस्फूर्त प्रदर्शनमा उत्रिएका छन् । सामाजिक सञ्जालमार्फत् स्वस्फूर्त ‘कोभिड–१९ इनफ इज इनफ’ अर्थात् ‘अब त अति भयो’ अभियानमा उत्रिएका युवा–युवतीहरुले कोरोना नियन्त्रणको नाममा भएको १० अर्ब...


