प्रतिनिधिसभा फेरी विघटन, कात्तिक २६ र मङ्सिर ३ मा निर्वाचन हुने
शनिबार, जेठ ८, २०७८
गुल्मी कोरोना अपडेट : एकै दिन दुई संक्रमितको मृत्यु
शुक्रबार, जेठ ७, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय गुल्मीका अनुसार बैशाख २९ गते कोरोना संक्रमण पुष्टि भएका रेसुंगा नगरपालिका –१० का २९ वर्षीय पुरूषको लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको हो ।
प्रधानमन्त्रीमा ओलीको पनि दाबी
शुक्रबार, जेठ ७, २०७८
नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेका छन् ।
गुल्मीमा अक्सिजनका लागि महिला संघको सहयोग
शुक्रबार, जेठ ७, २०७८
नेपाली काँग्रेस गुल्मीले जिल्ला अस्पताललाई प्रदान गरेको अक्सिजन कार्यक्रमको लागि भातृ संगठन नेपाल महिला संघले आर्थिक सहयोग गरेको छ । नेपाल महिला संघ रेसुङ्गा नगर कार्य समितिले शुक्रबार पार्टी सभापति भुवनप्रसाद श्रेष्ठलाई ५० हजार एक सय ७५ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।
पाल्पामा निको हुने संक्रमित बढ्दै, शुक्रबार मात्र १ सय ७४ डिस्चार्ज
शुक्रबार, जेठ ७, २०७८
जिल्लामा पछिल्लो केही दिन यता कोरोना संक्रमितहरु निको हुने संख्या बढ्दै गएको छ । कोरोना संक्रमणको दर नघटे पनि निको हुनेको दर भने दैनिक रुपमा बढ्दै गएको छ । शुत्रबारमात्र जिल्लामा १ सय ७४ जना कोरोना संक्रमित निको भएका छन् ।
बिहे भोजपछि फैलियो कोरोना, एकै गाउँका दुईको मृत्यु, ७४ संक्रमित
शुक्रबार, जेठ ७, २०७८
गुल्मीको कालीगण्डकी मा बिहे भोजपछि फैलिएको कोरोनाबाट दुई जनाको मृत्यु भएको छ भने ७४ जनामा संक्रमण देखिएको छ । कालीगण्डकी गाउँपालिका ५ मा गत वैशाख १८ गते गरिएको बिहे भोजपछि गाउँलेलाई कोरोनाका मिल्दाजुल्दा लक्षण देखिन थालेका थिए ।
बजेट निर्माणमा अन्यौता
शुक्रबार, जेठ ७, २०७८
आज २०७८ सालको जेठ महिनाको ७ गते । संविधान बमोजिम बजेट प्रस्तुत गर्न ९ दिन बाँकी छ । संवैधानिक व्यवस्था अनुसार सरकारले आगामी १५ जेठमा संसद्समक्ष आर्थिक वर्ष ०७८/०७९ को बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ । तर संसद्को अधिवेशन भने अझै चलेको छैन् ।
सात मन्त्रीको पद सर्वोच्चद्वारा खारेज
बिहीबार, जेठ ६, २०७८
सर्वोच्च अदालतले वर्तमान सरकारमा रहेको गैर सांसद सात मन्त्रीको पद खारेज गरेको छ । बिहीबार प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले गृहमन्त्री रामबहादुर थापासहित गैर सांसद सात मन्त्रीको निरन्तरतालाई असंवैधानिक ठहर गर्दै अन्तरिम आदेश दिएको हो ।
पाल्पामा विहीबार थप १ सय १० जना कोरोना संक्रमित निको भए
बिहीबार, जेठ ६, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा १ सय १० जना कोरोना संक्रमित निको भएका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ४३ जना महिला र ६७ जना पुरुषले कोरोना जितेका हुन् ।
तानसेनका अमितलाई अष्ट्रेलियामा ‘मोस्ट भ्यालुयबल प्लेअर’को अवार्ड
बिहीबार, जेठ ६, २०७८
पाल्पाको तानसेन नगरपालिका–२ मेहेल धारामा जन्मिएका अमित ज्ञवालीेले अष्ट्रेलियामा ‘मस्ट भ्यालयबल प्लेअर’को अवार्ड जित्न सफल भएका छन् । ज्ञवालीले अष्ट्रेलियाको एडिलेडमा आयोजित क्लवस्तरीय क्रिकेट प्रतियोगिता एक्प्रेट एएनसिए लिग २०२१ मा ‘मोस्ट भ्यालुयबल प्लेअर’ को अवार्ड जित्न सफल भएका हुन् ।
गुल्मीको कालिगण्डकीमा बिहे भोजपछि फैलिएको कोरोनाले दुईको मृत्यु
बिहीबार, जेठ ६, २०७८
गुल्मीको कालीगण्डकीमा बिहेभोजपछि फैलिएको कोरोनाबाट दुई जनाको मृत्यु भएको छ भने ७४ जनामा संक्रमण देखिएको छ । कालीगण्डकी गाउँपालिका–५ मा गत वैशाख १८ गते गरिएको बिहे भोजपछि गाउँलेलाई कोरोनाका मिल्दाजुल्दा लक्षण देखिन थालेका थिए ।
समस्या स्रोत, साधनको होइन व्यवस्थापनको हो
बिहीबार, जेठ ६, २०७८
पँहुचवालाको घर घरमा अक्सिजनका सिलिन्डर । सांसद र मन्त्रीले सिसिन्डर लिए । सासदले अक्सिजन सिलिन्डर बाँडे । अस्पतालमा अक्सिजनको अभाव । अक्सिजनको अभावमा विरामीको मृत्यु । यस्तै यस्तै समाचारले पछिल्लाहरु दिनहरुमा व्यापकता पाईरहेको छ । कोरोना महामारीले पिडा त दिएकै थियो नेपालीको मनमा यस्ता समाचारले चुक लगाउने काम गरिरहेको छ ...


