नवजनचेतना राष्ट्रिय दैनिक २०७८ जेठ ११ गते मंगलबार
मंगलबार, जेठ ११, २०७८
कोरोना महामारीमा स्थानीय सरकारलाई साथ दिदै गुल्मी कालिगण्डकीका युवा
मंगलबार, जेठ ११, २०७८
जिल्लाको कालिगण्डकी गाउँपालिकामा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएपछि स्थानीय युवाहरु त्यसको नियन्त्रण तथा रोकथामा जुटेका छन् । कालीगण्डकी गाउँपालिका कोभिड सहयोग सञ्जाल संस्थाको नेतृत्वमा उनीहरुले अभियान नै सञ्चालन गरेर कोरोना रोकथाम तथा नियन्त्रणमा जुटेका हुन् ।
तानसेनमा बजार अनुगमन
सोमबार, जेठ १०, २०७८
कोरोना संक्रमणका कारण पाल्पामा जारी निषेधाज्ञामा खुला गरिएका अत्यावश्यक खाद्यान्न, फलफूल, तरकारी तथा स्वास्थ्यसँग सम्बन्धित पसलहरुको स्थलगत अनुगमन गरिएको छ । निधेषाज्ञाको समयमा बजारमा दैनिक उपभोग्य खाद्य सामग्रीमा मूल्य बढाइएको जिल्ला प्रशासनमा गुनासो पुगेपछि सोमबार सहायक प्रमुख जिल्ला अधिकारी सशीधर घिमिरेको नेतृत्वमा तानसेन बजार अनुगमन गरिएको हो ।
तानसेनका सबै वडामा पिसिआर गरिदै
सोमबार, जेठ १०, २०७८
समुदायस्तरमा संक्रमणको दर बढ्दै गए पछि तानसेनका सबै वडामा पिसिआर शिविर सञ्चालन गरिएको छ । तानसेन नगरपालिका र पाल्पा अस्पतालको समन्वयमा तानसेन नगरपालिका भित्रका १४ वटै वडामा सोमबारदेखि कोरोना परीक्षणका लागि पिसिआर शिविर सञ्चालन गरिएको हो ।
पाल्पा कोरोना अपडेट : सोमबार १ सय ६३ संक्रमित निको भए
सोमबार, जेठ १०, २०७८
जिल्लामा पछिल्लो केही दिन यता कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या बढ्दै गएको छ । सोमबार मात्र जिल्लामा १ सय १० जनामा संक्रमण हुँदा थप १ सय ६३ जना कोरोना संक्रमित निको भएका छन् ।
गुल्मीका पत्रकारले अक्सिजन प्लान्टका लागि संकलन गरेर दिए ६० लाख
सोमबार, जेठ १०, २०७८
जिल्लामा अक्सिन अभाव हुन नदिन अक्सिजन प्लान्ट निर्माणका लागि यहाँका पत्रकारहरुले रकम संकलन गरेका छन् । उनीहरुले स्वदेश तथा विदेशमा रहेका नेपालीहरु, विभिन्न संघसंस्थाहरुबाट रकम संकलन गरेका हुन् ।
अवैध माछा मार्ने २४ पक्राउ
सोमबार, जेठ १०, २०७८
चितवन राष्ट्रिय निकुञ्जले अवैधरुपमा माछा मार्ने २४ जनालाई पक्राउ गरेको छ । नारायणी नदीमा प्रतिबन्धित तियारी जालको प्रयोग गर्दै माछा मारिरहेको समयमा उनीहरुलाई पक्राउ गरिएको हो ।
जेठ १२ गतेको चन्द्रग्रहण नेपालबाट नदेखिने, बार्नुपर्दैन
सोमबार, जेठ १०, २०७८
जेठ १२ गते वैशाख शुक्ल पूर्णिमाका दिनमा लाग्ने चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने भएकाले यसको सूतक नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
पाल्पा कोरोना अपडेट : आईतबार १ सय ३३ संक्रमित निको हुँदा ९५ जनामा संक्रमण
आइतबार, जेठ ९, २०७८
जिल्लामा पछिल्लो केही दिन यता कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या बढ्दै गएको छ । आइतबार मात्र जिल्लामा ९५ जनामा संक्रमण हुँदा थप १ सय ३३ कोरोना संक्रमित निको भएका छन् ।
संसद् विघटनका विरुद्ध गुल्मी काँग्रेस
आइतबार, जेठ ९, २०७८
प्रतिनिधि सभाको विघटनका विरुद्ध नेपाली काँग्रेस गुल्मीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा यहि जेठ ७ गते मध्यरातीमा भएको असंवैधानिक कदमप्रति काँग्रेसले गम्भीर ध्यान आकृष्ट गरेको हो ।
संसद विघटन गर्नु अलोकतान्त्रिक : पाल्पा काँग्रेस
आइतबार, जेठ ९, २०७८
नेपाली काँंग्रेस पाल्पाले प्रतिनिधि सभा विघटन अलोकतान्त्रिक भएको ठहर गरेको छ । आईतबार काँग्रेसका जिल्ला सभापति वीरबहादुर रानाले एक विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठनका लागि वस्तुगत आधार पेस भइसकेको अवस्थामा प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदारहँदै सार्वभौम प्रतिनिधिसभा विघटनको निष्कर्षमा पुग्नु कदापी संवैधानिक र लोकतान्त्रिक...


