Shittalpati
स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी बजेट ल्याउदैछौं : अध्यक्ष भण्डारी
स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी बजेट ल्याउदैछौं : अध्यक्ष भण्डारी जिल्लाको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी बजेट ल्याउने तयारीमा रहेको बताएका छन् । रम्भा –१ अर्सेदीमा सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन गर्दै अध्यक्ष भण्डारीले जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरिएको बताएका हुन् ।
सडक माथिबाट ढुङ्गा खस्ने डर,  त्रासै त्रासमा यात्रा
सडक माथिबाट ढुङ्गा खस्ने डर, त्रासै त्रासमा यात्रा गुल्मीको मदनभण्डारी राजमार्ग अन्तर्गत पर्ने सडकमा अहिले पनि ढुक्क भएर यात्रा गर्ने स्थिती छैन । पहाडको भिरालो बाटो । त्यस माथि पहिरोका कारण सडक माथि अड्किएका ठूला–ठूला ढुंगा । गाडीमा यात्रा गर्दै लाग्छ गन्तव्यमा पुगिन्छ कि पुगिदैन । साँघुरो, भिरालो र खाल्डाखुल्डी परेको सडक ।
नैतिक शिक्षा आजको आवश्यकता
नैतिक शिक्षा आजको आवश्यकता
पाल्पा कोरोना अपडेट : शनिबार ७८ जना संक्रमित डिस्चार्ज,२१ जनामा संक्रमण
पाल्पा कोरोना अपडेट : शनिबार ७८ जना संक्रमित डिस्चार्ज,२१ जनामा संक्रमण जिल्लामा पछिल्ला २४ घण्टामा ७८ जना संक्रमित डिस्चार्ज भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ७८ जना संक्रमितले कोरोना जितेका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ३२ जना महिला र ४६ जना पुरुषले कोरोना जितेका छन्...
तत्काल मनसुन कमजोर हुने अवस्था छैन:  मौसमविद्
तत्काल मनसुन कमजोर हुने अवस्था छैन: मौसमविद् केही दिनदेखि सक्रिय मनसुन तत्काल कमजोर नहुने मौसमविद्ले बताएका छन् । यस वर्ष शुरुमै मनसुन सक्रिय भएर भित्रिएकाले तत्काल कमजोर हुने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् शान्ति कँडेलले जानकारी दिईन ।
गुल्मी कारागारका कैदीलाई खेलकूद र स्वास्थ्य सामग्री
गुल्मी कारागारका कैदीलाई खेलकूद र स्वास्थ्य सामग्री गुल्मेली समाज जापानका सदस्य इस्मा गाउँपालिका –६ अमरपुर निवासी हाल रोजगारीको सिलसिलामा जापानमा कार्यरत रामचन्द्र कुँवरले स्वर्गीय माता पशुपति कुँवरको सम्झनामा जिल्ला कारागारका कैदीहरुलाई खेलकुद र स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । उनले एक औपचारिक कार्यक्रमका बिच खेलकुद र स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन् ।
पाल्पाको रिब्दीकोटमा करेन्ट लागेर एक महिलाको ज्यान गयो
पाल्पाको रिब्दीकोटमा करेन्ट लागेर एक महिलाको ज्यान गयो जिल्लाको रिब्दीकोटमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । शनिबार विहान करेन्ट लागेर रिब्दीकोट गाउँपालिका– ३ हिरापोखराकी ३४ वर्षीया निरा विकको ज्यान गएको हो ।
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश सर्वोच्च अदालतले सरकारले बजेटमार्फत ल्याएको ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासले शुक्रबार सरकारको उक्त योजना कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
महिला नेतृ पन्थीद्वारा पहिरोमा ज्यान गुमाएकाको परिवारलाई राहत
महिला नेतृ पन्थीद्वारा पहिरोमा ज्यान गुमाएकाको परिवारलाई राहत महिला नेतृ तथा सामाजिक व्यक्तित्व मिना पन्थीले पहिरोमा पुरिएर ज्यान गुमाएकाको परिवारलाई राहत उपलब्ध गराएकी छन् । उनले मंगलबार रिब्दीकोट गाउँपालिका ४ भैरवस्थान मन्छिपमा घरमाथिबाट खसेको पहिरोले परिदाँ ज्यानका गुमाएका १९ वर्षीय मदन भट्टराईको परिवारलाई राहत उपलब्ध गराएकी हुन् ।
Weather Update