Shittalpati
पाल्पाको रिब्दीकोटमा करेन्ट लागेर एक महिलाको ज्यान गयो

पाल्पा, जिल्लाको रिब्दीकोटमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । शनिबार विहान करेन्ट लागेर रिब्दीकोट गाउँपालिका– ३ हिरापोखराकी ३४ वर्षीया निरा विकको ज्यान गएको हो । 

विकलाई आफ्नै घरमा गित बजाउनको लागि बुफरको तार बिद्युतको बोर्डमा जोडने क्रममा नाङ्गो हातले अचानक तारमा छुन गई करेन्ट लागेको थियो । करेन्ट लागेर घाईते भएकी विकको तानसेनस्थित युनाईटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, असार ५, २०७८  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update