Shittalpati
महिला नेतृ पन्थीद्वारा पहिरोमा ज्यान गुमाएकाको परिवारलाई राहत

पाल्पा,  महिला नेतृ तथा सामाजिक व्यक्तित्व मिना पन्थीले पहिरोमा पुरिएर ज्यान गुमाएकाको परिवारलाई राहत उपलब्ध गराएकी छन् । उनले मंगलबार रिब्दीकोट गाउँपालिका ४ भैरवस्थान मन्छिपमा घरमाथिबाट खसेको पहिरोले परिदाँ ज्यानका गुमाएका १९ वर्षीय मदन भट्टराईको परिवारलाई राहत उपलब्ध गराएकी हुन् ।

नेतृ पन्थी र नेपाल शिक्षक संघ रिब्दीकोटका सचिव लोकनाथ अधिकारी भट्टराई परिवारमै पुगी सहानुभूति प्रकट गर्नुको साथै राहत सहयोग गरेका छन् ।  जिल्लाका स्थानीय तहमा रहेका कोरोना संक्रमितहरुका लागि स्वास्थ्य सुरक्षा सामग्री र पौष्टिक आहार सहयोग गर्दै आएकी पन्थीले पिडामा परेका परिवारहरुका लागि केही भएपनि सान्त्वना र सहयोग मिलोस् भनेर राहत सहयोग गरेको बताएकी छन् ।

प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update