स्याङ्जाका सबै पालिकामा स्थानीय पाठ्यक्रम
शुक्रबार, असार १५, २०८०

हरिशयनी एकादशी र तुलसी रोपण
बिहीबार, असार १४, २०८०
आज आषाढ महिना शुक्ल पक्षको एघारौं दिन एकादशी तिथि । प्रत्येक बर्ष यस दिनलाई हरिशयनी एकादशी भनिन्छ । पौराणिक ग्रन्थ अनुसार आजको दिनदेखि चार महिनासम्म भगवान श्री विष्णु क्षिर सागरमा रहेको शेषनागको शैयामा योग निदामा लिन हुनु भएकाले यस दिनलाई हरिशयनी एकादशी भनिएको हो ।

ओझेलमा परेको पाल्पाली कलाकार ‘बाँके हरि’
शनिबार, असार ९, २०८०
असनटोल तानसेन निवासी पिता शेरबहादुर बज्राचार्य र माता चुनकुमारी बज्राचार्यको जेष्ठ सुपुत्रको रूपमा पि.सं. १९९७ साल फागुन शिवरात्रीका दिन बुटवल निमचोकमा हरिबहादुरको जन्म भयो । सम्पन्न आर्थिक परिवारमा जन्म भएको कारण कुनै आर्थिक समस्या भोग्नु परेन उनलाई । बाल्यकाल रम्दै रमाउँदै बित्यो । किशोरावस्थामा पाइला टेक्दा नटेक्दै उनको झुकाव गीत...

विद्यार्थीमार्फत प्लास्टिकजन्य फोहोर संकलन
सोमबार, असार ४, २०८०
स्याङ्जाको फेदीखोला गाउँपालिकाले विद्यार्थीमार्फत प्लास्टिकजन्य फोहोर संकलन गर्ने अभियान थालेको छ । समुदाय, विद्यालय तथा विभिन्न ठाउँमा छरिएर रहेका प्लास्टिकजन्य फोहोरका कारण वातावरण प्रदूषण बढ्दै गएकाले यसको प्रयोगमा निरुत्साहित गर्ने उद्देश्यले विद्यार्थीमार्फत फोहोर संकलन अभियान थालिएको हो ।

स्याङ्जाको कालीगण्डकीमा निःशुल्क स्वास्थ्य शिविर, ७ सयले लिए सेवा
आइतबार, चैत २६, २०७९
स्याङ्जाको कालीगण्डकी गाउँपालिका –७ मिर्मिमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । गाउँपालिकाको आयोजना, रोटरी क्लब अफ क्पापिटल बुटवलको सह–आयोजना र गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो ।

प्रेस चौतारीको तानसेन नगर कमिटी गठन, अध्यक्षमा केसी
शुक्रबार, चैत १७, २०७९
प्रेस चौतारी नेपाल पाल्पाले तानसेन नगर कमिटी गठन गरेको छ । तानसेनमा भएको चौतारीको भेलाले पत्रकार गुणवती केसीको अध्यक्षतामा नगर कमिटी गठन गरेको हो ।

एकवर्षदेखि ओढारको बास
मंगलबार, फागुन ९, २०७९
बेनी नगरपालिकाको वडा नं ७ मा पर्ने कुरिलाखर्कको सडक र पैदलमार्ग भएर दैनिक सयौँ सवारीसाधन र मानिस ओहोरदोहोर गर्छन् । बेनी–५ भिरमुनिका ५० वर्षीय राहुल विकले एक वर्षदेखि सोही सडकको छेउमा रहेको ओढारमा आश्रय लिइरहेका छन् ।

पोखरा विमान दुर्घटना : ७२ यात्रु सवार
आइतबार, माघ १, २०७९
पोखरामा भएको विमान दुर्घटनामा चालक दलसहित ७२ यात्रु सवार रहेको बुझिएको छ । आज बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको ९ एन–एसीएनसी विमानमा चालक दलका ४ जना र ६८ यात्रु सहित ७२ जना सवार रहेको त्रिभुवन विमानस्थलले जनाएको छ ।

पोखरामा विमान दुर्घटना
आइतबार, माघ १, २०७९
पोखरामा विमान दुर्घटना भएको छ । यति एयरलाइन्सको विमान आइतबार पोखराको घारी पाटनमा दुर्घटना भएको हो ।

पाल्पाको लघुवामा भएको बस दुर्घटनाका घाइतेको मिसनमा उपचार हुँदै (अपडेट)
आइतबार, साउन ८, २०७९
पाल्पा रिब्दीकोट गाउँपालिका –२ लघुवामा बस दुर्घटना भएको छ । गुल्मीको मजुवाबाट बुटवलतर्फ हिडेको लु १ ख ५९५२ नम्वरको बस लघुवामा दुर्घटना भएको हो ।

चापाकोट नगरपालिकामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द
बुधबार, असोज २८, २०७७
चापाकोट नगरपालिकामा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको छ । कोरोना भइरसबाट मङ्गलबार एकै दिन १४ जनामा सङ्क्रमण देखिएपछि नगरपालिकाले कोरोना सङ्क्रमण समुदायमा थप फैलिनबाट रोक्न अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेर सर्वसाधारण जनतालाई सचेत रहन आग्रह गरेको छ ।