तीन सय वर्षे हनुमान नाँच : एक्काइस महिना देखाएर सकियो
शुक्रबार, वैशाख १८, २०८३
बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन
सोमबार, वैशाख १४, २०८३
यहाँको काठेखोला गाउँपालिका–२ भिमपोखरा र वडा नं ४ तङ्ग्राम जोड्न डुडियाखोलामाथि स्टिलको झोलुङ्गे पुल निर्माण भएको जम्मा सात वर्ष मात्र भयो । डुडियाघाटमा काठेपुल विस्थापित गरेर झोलुङ्गे पुल निर्माण हुँदा स्थानीय खुसी थिए ।
सहिदमार्ग स्तरोन्नति नहुँदा ताराखोलावासीलाई सास्ती
सोमबार, वैशाख १४, २०८३
यहाँको ताराखोला जोड्न सहिदमार्गको ट्रयाक खुलेको २० वर्ष भन्दा बढी भयो । ट्रयाक खुलेको यतिका वर्षसम्म पनि स्तरोन्नति हुन नसक्दा यसक्षेत्रका सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । सशस्त्र द्वन्द्वका बेला जनश्रमदान गरी खुलेको सडक हालसम्म स्तरोन्नति हुन सकेको छैन ।
एन्फा पदाधिकारीलाई विदेश भ्रमणमा रोक
आइतबार, वैशाख १३, २०८३
सरकारले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङसहित २४ जना पदाधिकारीलाई विदेश भ्रमणमा रोक लगाएको छ ।
पृथ्वी राजमार्गमा बस दुर्घटना हुँदा ३१ जना घाइते
शुक्रबार, वैशाख ११, २०८३
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा आज दिउँसो भएको बस दुर्घटनामा ३१ जना घाइते भएका छन् ।
गोरखा माइक्रोबस दुर्घटना अपडेटः सात जना भारतीयको मृत्यु
आइतबार, चैत १, २०८२
सहिद लखन गाउँपालिका–३ कान्टारमा शनिबार भएको यात्रुवाहक माइक्रोबस दुर्घटनाको मृतकको पहिचान खुलेको छ । बा।प्र।०१–००६ ख ८४३० नम्बरको सो माइक्रोबसमा मनकामना दर्शन गरेर फर्कँदै गरेका यात्रु सवार रहेका थिए ।
म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित
शनिबार, फागुन २३, २०८२
म्याग्दीबाट निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री डा. महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन् ।
बाइस हजार ८५० मतका साथ पुन निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
आँधीखोला किनार क्षेत्रमा तर्बुजाखेती सुरु
शुक्रबार, फागुन १५, २०८२
हाँको भीरकोट नगरपालिकाले आँधीखोला किनार क्षेत्रमा परीक्षणका रुपमा तर्बुजाखेती सुरु गरेको छ । हेफर इन्टरनेशनलसँगको सहकार्यमा भीरकोट कृषि तथा पशु विकास परियोजनामार्फत तर्बुजा खेतीको सम्भाव्यता अध्ययन गरी व्यावसायिक तर्बुजाखेती गर्ने लक्ष्य लिएको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताए ।
दलभित्रको वास्तविक ‘रूपान्तरण’ लोकतन्त्रको कवच
आइतबार, फागुन ३, २०८२
लोकतन्त्र स्थिर प्रणाली होइन, निरन्तर सुधारको प्रक्रिया हो । बेलायतलाई हेरौँ । आजको आधुनिक संसदीय प्रणालीको जननी मानिने बेलायतमा पनि राजनीतिक दलहरू कठोर संरचनाबाट लचिलो संरचनामा पुग्न दशकौँ लाग्यो । सन् १९९० को दशकमा लेबर पार्टी पुरानो ट्रेड युनियन केन्द्रित पार्टीबाट व्यापक मध्यमवर्गीय मतदातालाई समेट्ने दलमा रूपान्तरण भयो ।
दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला
आइतबार, पुस २७, २०८२
स्याङ्जाको भीरकोट–७ बाट यस वर्षमात्रै दश करोड बढीको सुन्तला बिक्री भएको छ । वडाका विभिन्न टोलमा रहेका सुन्तला बगैँचाबाट गाउँमा दश करोड बढी भित्रिएको हो ।
लुम्बिनी महोत्सवबाट १२ करोडको कारोबार
मंगलबार, मंसिर २३, २०८२
यही मङ्सिर ३ देखि २१ गतेसम्म सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा सञ्चालित सातौँ लुम्बिनी महोत्सवमा १२ करोडको कारोबार भएको छ । उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले आयोजना गरिएको महोत्सव १२ करोडको कारोबार भएको आयोजकले जनाएको छ ।
लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु
शनिबार, कात्तिक २२, २०८२
लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गए राति मस्र्याङ्दी गाउँपालिका ३ खुदिबाट सोही पालिका ६ नाइचेमा हिडिखोला हाइड्रोपावरको लागि सिमेन्ट लिएर जाँदै गरेको बा८च ३७३१ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।


