Shittalpati
ग्लोबल आइएमई बैंकका ग्राहकलाई छुट तथा क्यासब्याक
ग्लोबल आइएमई बैंकका ग्राहकलाई छुट तथा क्यासब्याक ग्लोबल आइएमई बैंकले आफ्नो १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुलाई छुट तथा क्यासब्याक प्रदान गर्ने भएको छ । बैंकले ग्राहकहरुलाई कार्ड तथा डिजिटल बैंकिङ्ग मार्फत गरिने कारोबारहरूमा ग्राहकहरुलाई छुट तथा क्यासब्याक प्रदान गर्ने भएको हो ।
वाणिज्य बैंकले पूर्व कर्मचारीलाई १५ लाखसम्म कर्जा दिने
वाणिज्य बैंकले पूर्व कर्मचारीलाई १५ लाखसम्म कर्जा दिने राष्ट्रिय वाणिज्य बैंकलेराष्ट्रिय परीक्षा बोर्डका निवृत्त कर्मचारीलाई १५ लाख रुपैयाँसम्म सरल कर्जा दिने भएको छ । मंगलबार एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठर बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालबीच सुलभ कर्जा प्रवाह सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
न्युरेलाई गुल्मी समाज भिक्टोरिया अस्ट्रेलियाको आर्थिक सहयोग
न्युरेलाई गुल्मी समाज भिक्टोरिया अस्ट्रेलियाको आर्थिक सहयोग गुल्मी समाज भिक्टोरिया अस्ट्रेलियाले आवद्ध मुसिकोट नगरपालिका ८ गुल्मी निवासी बालकृष्ण न्युरेको स्वास्थ्य उपचारको लागि आर्थिक सहयोग गरेको छ । शुक्रबार विरामी न्यूरेलाई १ लाख ११ हजार १ सय ५९ रुपैयाँको नगद चेक सहयोग रकम गुल्मी समाज भिक्टोरिया अस्ट्रेलियाको प्रतिनिधित्व गदै प्रतिनिधि रामकृष्ण कंडेलले न्यूरेलाई हस्तान्तरण गरेका थिए ।
तानसेन नगरपालिकाकोे राजस्व पाँच करोड बढी
तानसेन नगरपालिकाकोे राजस्व पाँच करोड बढी तानसेन नगरपालिकाले आव २०७७/०७८ मा पाँच करोड ७६ लाख ४४ हजार रूपैयाँ राजस्व संकलन गरेको छ । कोभिड–१९ को सक्रमण उच्च जोखिम रहे पनि चार वर्षमा दोब्बरले वृद्धि भएको छ । आव २०७३/७४ मा दुई करोड ६८ लाख ८५ हजार रूपैयाँ संकलन भएकामा हालका वर्षमा वृद्धि भएको राजस्व शाखाका प्रमुख...
‘नबिल स्मार्टपोस’को सञ्चालनका लागि त्रिपक्षीय सम्झौता
‘नबिल स्मार्टपोस’को सञ्चालनका लागि त्रिपक्षीय सम्झौता नबिल बैंकले दराज तथा आइमार्कसँग ‘नबिल स्मार्टपोस’को सञ्चालनका लागि त्रिपक्षीय सम्झौता गरेको छ । जुनसुकै बेला, जुनसुकै ठाउँबाट भुक्तानी दिन एवं स्वीकार गर्न सकिने नबिल स्मार्टपोस मार्फत बैंकले डिजिटल भुक्तानी थप प्रभावकारी बनाउन सम्झौता भएको जनाएको छ ।
अबको यात्रा निर्वाचन
अबको यात्रा निर्वाचन मुलुकका राजनैतिक दलहरु विभिन्न तहका निर्वाचनको लागि तयारमा लागेका छन् । नेपाली काँग्रेस, एमाले, माओवादी लगायतका ठूला दलहरुले आ–आफ्ना महाधिवेशन सकेपछि निर्वाचन आयोगमा पार्टी नविकरणसँगै नेपालमा सबै तहका निर्वाचनका गृहकार्य शुभारम्भ भएको आभास हुने विश्वास गरिएको छ ।
मेगा बैंकको मुसिकोटमा शाखा रहित बैकिङ्ग सेवा
मेगा बैंकको मुसिकोटमा शाखा रहित बैकिङ्ग सेवा मेगा बैंक नेपाल लिमिटेडले गुल्मीको मुसिकोटमा शाखा रहित बैकिङ्ग सेवाको शुरुवात गरेको छ । ग्रामीण क्षेत्रका वासिन्दाहरुलाई बैकिङ्ग पहुँच विस्तार गर्ने उद्देश्यले मुसिकोट नगरपालिकाको वडा २ देउरालीमा शाखा रहित सेवाको विस्तार गरिएको मेगा बैंक तम्घास शाखा प्रमुख कालिदास पाण्डेले बताए ।
एनसेलले ल्यायो साना व्यवसायी लक्षित योजना
एनसेलले ल्यायो साना व्यवसायी लक्षित योजना एनसेल आजियाटा लिमिटेडले साना तथा मझौला व्यवसायी र कार्यालयहरूलाई लक्षित गरी विशेष योजना ल्याएको छ । व्यवसायी विस्तार र प्रवद्र्धनमा टेवा पुग्ने गरी एनसेलले प्रिपेड प्लान ‘एनसेल बिजलाइट’ योजना ल्याएको हो ।
लुम्बिनीमा फुड फेस्टिबल हुँदै
लुम्बिनीमा फुड फेस्टिबल हुँदै यस वर्ष बुद्ध जन्मस्थल लुम्बिनीमा फुड फेस्टिबल हुने भएको छ । होटल एशोसियसन लुम्बिनीले नयाँ वर्ष २०२२ को पूर्वसन्ध्यामा फुड फेस्टिबल आयोजना गर्न लागेको हो ।
ओके बाजेद्वारा अपाङ्गता भएकी महिलालाई आर्थिक सहयोग
ओके बाजेद्वारा अपाङ्गता भएकी महिलालाई आर्थिक सहयोग जापानी समाजसेवी काजुमासा काकिमी (ओके बाजे)ले अपाङ्गता भएकी एक महिलालाई आर्थिक सहयोग गरेका छन् । बाजेले तानसेन नगरपालिका–५ कैलाशनगरकी तारा अर्याललाई एक लाख आर्थिक सहयोग गरेका हुन् ।
शाइन रेसुङ्गाको ११.५ प्रतिशत लाभांश पारित
शाइन रेसुङ्गाको ११.५ प्रतिशत लाभांश पारित शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको ११.५ प्रतिशत लाभांश पारित गरेको छ । बैंकले रुपन्देहीमा भएको १३ औं वार्षिक साधारण मार्फत १० दशमलव ९३ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
नेपाल बैंकको डिजिटल बैंकिङ्ग साक्षरता अभियान
नेपाल बैंकको डिजिटल बैंकिङ्ग साक्षरता अभियान नेपाल बैंक लिमिटेडले डिजिटल बैंकिङ्ग साक्षरता अभियान सञ्चालन गरेको छ । बैंकले लुम्बिनी प्रदेशका सबै जिल्लाहरूमा एकैसाथ डिजिटल बैकिङ्ग वित्तीय साक्षरता अभियान सञ्चालन गरेको हो । उसले विशेष गरी शैक्षिक संघसंस्थाहरुमा यो कार्यक्रम गरेको छ ।
Weather Update