आईएमईले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित
आइतबार, मंसिर १८, २०७९

इन्भेष्टमेन्ट बैंकलाई ‘बैंक अफ दि इयर अवार्ड’
शनिबार, मंसिर १७, २०७९
नेपाल इन्भेष्टमेण्ट बैंक (एनआईबीएल) ले ‘बैंक अफ दि इयर अवार्ड’ जितेको छ । बैंकले छैटौं पटक प्रतिष्ठित फाइनान्सियल टाइम्स, ‘बैंक अफ द इयर २०२२’ अवार्ड जितेको हो । एनआईबीएल बैंक सन् २०२२ को लागि देशको ‘उत्कृष्ट बैंक’ छनोट भएको हो ।

वैदेशिक रोजगारीमा रहेकालाई खुल्यो आईपीओ
बिहीबार, मंसिर १५, २०७९
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि पहिलो पटक प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुला गरिएको छ । कालिन्चोक दर्शनले एक लाख ८ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

बाह्र ठेकेदार कम्पनी कालोसूचीमा
बुधबार, मंसिर १४, २०७९
सार्वजनिक खरिद अनुगमन कार्यालयले विकास तथा पूर्वाधार निर्माणलाई अलपत्र पार्ने र समयमा निर्धारित काम सम्पन्न नगर्ने १२ कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना प्रकाशित गर्दै ती कम्पनीहरुलाई निश्चित समयका लागि सार्वजनिक निकायको खरिदमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध समेत लगाएको हो ।

बाराही हाइड्रोपावरको आइपिओ आउँदै
मंगलबार, मंसिर १३, २०७९
बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही मङ्सिर २१ देखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को निष्कासन गर्ने भएको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्जरको अन्तिम सम्झौता
मंगलबार, मंसिर १३, २०७९
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एकापसमा गाभिने भएका छन् । एकापसमा गाभिने सम्बन्धी अन्तिम सम्झौता आज सम्पन्न भएको छ । दुवै बैंकका सञ्चालक समितिको बैठकले एकापसमा गाभिने अन्तिम सम्झौता स्वीकृत गरी हस्तान्तरण गरेका हुन् ।

बुटवलमा औद्योगिक प्रदर्शनी हुने
मंगलबार, मंसिर १३, २०७९
आगामी पुसमा बुटवलमा औद्योगिक प्रदर्शनी हुने भएको छ । रुपन्देही उद्योग सङ्घ बुटवल, नेपाल उद्योग परिसङ्घ र नेपाल उद्योग परिसङ्घ लुम्बिनीको संयुक्त आयोजनामा आगामी पुसको सात गतेदेखि १९ गतेसम्म ‘राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि तथा पर्यटन महोत्सव’ गर्न लागिएको हो ।

सात लघु बीमा कम्पनीले पाए लाइसेन्स
मंगलबार, मंसिर १३, २०७९
लघुबिमा कम्पनीका लागि नियामक निकाय नेपाल बिमा प्राधिकरणले ७ वटा कम्पनीलाई सञ्चालन अनुमति दिएको छ । प्राधिकरणले तीन वटा जीवन बीमा र चार वटा निर्जीवन बीमा कम्पनीलाई लाइसेन्स दिएको हो ।

पाल्पा उद्योग वाणिज्य संघको अध्यक्षमा भट्टराई र उपाध्यक्षमा बज्राचार्य निर्वाचित
सोमबार, मंसिर १२, २०७९
पाल्पा उद्योग वाणिज्य संघको अध्यक्षमा शैलेन्द्र भट्टराई निर्वाचित भएका छन् । सोमबार तानसेनमा भएको मतदानबाट भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् । उनी प्रतिस्पर्धी राजिव श्रेष्ठलाई ४ सय ४० मतअन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

बैंक तथा वित्तीय संस्थालाई क्षेत्रगत कर्जा विस्तारमा राष्ट्र बैंकको राहत
सोमबार, मंसिर १२, २०७९
बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकमको अभावको समस्या हट्न नसकेपछि नेपाल राष्ट्र बैंकले क्षेत्रगत कर्जा विस्तारमा केही सुविधा दिएको छ । राष्ट्र बैंकले आइतबार चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको प्रथम त्रैमासिकको समीक्षा गर्दै क्षेत्रगत कर्जा विस्तार गरिसक्नुपर्ने समयसीमामा बैंक तथा वित्तीय संस्थालाई केही सहज बनाइदिएको हो ।

आज पाल्पा उद्योग वाणिज्य संघको निर्वाचन हुँदै, अध्यक्षमा भट्टराई र श्रेष्ठको प्रतिस्पर्धा
सोमबार, मंसिर १२, २०७९
पाल्पाका उद्योगी तथा व्यवसायीहरुको छाता संस्था पाल्पा उद्योग वाणिज्य संघको आज नयाँ नेतृत्व चयन हुँदैछ । संघको नयाँ नेतृत्व चयनका लागि बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु हुनेछ । मतदान भगवती मन्दिरको प्रंगणमा हुनेछ । तीनवर्षे कार्यकालका लागि हुन लागेको संघको निर्वाचनमा अध्यक्ष पदका लागि अहिलेका महासचिव शैलेन्द्र भट्टराई र...

रानीमहल सहकारीले मनायो १४ औं साधारणसभा
सोमबार, मंसिर १२, २०७९
रानीमहल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं साधारणसभा मनाएको छ । सहकारीले तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी साधारण सभा मनाएको हो । सभाको प्रमुख अतिथि तथा तानसेन नगरपालिकाका सहकारी विभाग प्रमुख दुर्गा थापाले उद्घाटन गरेका हुन् ।

बैंकहरुले निक्षेप बढाए
आइतबार, मंसिर ११, २०७९
बजारमा तरलता अभाव कायमै रहेका बेला केही बैंकहरुले भने निक्षेप बढाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार १४ वटा बैंकहरुले कार्तिक महिनामा निक्षेप रकम बढाएका हुन् । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार वाणिज्य बैंकले असोजको तुलनामा कार्तिकमा १६ अर्ब १९ करोड रुपैयाँ निक्षेप बढाएका छन् ।