विद्युतीय कारोबारमा पैसा फिर्ताको अफर
मंगलबार, असोज ११, २०७९

एनआईसी एशिया बैंकले दक्षिणा दिने
सोमबार, असोज १०, २०७९
एनआईसी एसिया बैंकले बडा दसैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको पावन अवसरमा दक्षिणा दिने भएको छ । बैंकको ‘एनआईसी एसियामा रेमिट्यान्स आयो, दक्षिणा पायो’ योजनामा सहभागी हुनेलाई दक्षिणा दिने भएको हो । योजना अनुसार यस बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिट्यान्स बुझ्ने ग्राहकलाई आकर्षक दक्षिणाको व्यवस्था गरिएको...

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल भवन व्यवस्थापनमा आवेदन परेन
आइतबार, असोज ९, २०७९
भैरहवामा रहेको नेपालको दोस्रो ठूलो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन व्यवस्थापनका लागि दुई पटक टेन्डर आह्वान गरिए पनि एउटा पनि आवेदन परेको छैन । आवेदन नपरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले तेस्रो पटक टेन्डर गर्ने तयारी गरेको बताइएको छ ।

कुमारी बैंकको डिबेञ्चर बाँडफाँट
आइतबार, असोज ९, २०७९
कुमारी बैंकले निष्कासन गरेको ‘११ प्रतिशत केबीएल डिबेञ्चर २०७९’ बाँडफाँट भएको छ । भदौ १७ देखि ३१ सम्म निष्कासन गरेको उक्त ऋणपत्र बैंकले बाँडफाँट गरेको हो । बैंकले १० वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत व्याजदर भएको ऋणपत्र अंकित मूल्य प्रतिकित्ता १ हजारका दरले ३ अर्ब बराबरको ३० लाख कित्ता...

बूढानीलकण्ठका सात स्थानमा घरबास सेवा
शनिबार, असोज ८, २०७९
बूढानीलकण्ठ नगरपालिकाका विभिन्न सात स्थानमा ‘होमस्टे’ (घरबास सेवा) सञ्चालन गरिने भएको छ । आन्तरिक तथा बाह्य पर्यटक लोभ्याउन आकर्षण गर्न सम्भावित सात स्थानमा ‘होमस्टे’ सञ्चालन गर्ने नगरपालिकाले नीति लिएको हो ।

आयोगबाट रकमान्तरको विवरण माग
शुक्रबार, असोज ७, २०७९
निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा भएपछि चालु आर्थिक वर्षको स्वीकृत वार्षिक बजेट बाहिरबाट रकमान्तर गरिएको विवरण अर्थमन्त्रालयसँग माग गरेको छ ।

गुल्मीका भरतलाई दुबईमा ३५ करोडको चिठ्ठा पर्यो
बिहीबार, असोज ६, २०७९
कामको शिलशिलामा दुबई पुुगेका गुुल्मीका ३१ वर्षीय भरत विककालाई ३५ करोडको चिठ्ठा परेको छ । उनलाई महजूज चिठ्ठामा लक्की ड्रमार्फत एक करोड दिराम अर्थात् नेपाली झण्डै ३५ करोड परेको हो ।

कुमारी बैंकको ‘धनवृद्धि रिकरिङ्ग मुद्दती’ योजना
बिहीबार, असोज ६, २०७९
कुमारी बैंक लिमिटेडले ‘धनवृद्धि रिकरि मुद्दती’ योजना ल्याएको छ । बैंकले प्रारम्भिक बिज रकमलाई छोटो समयमै पाँचदेखि सय गुणा वृद्धि गर्ने विशेष योजना ल्याएको हो । ग्राहकहरूले आफ्नो चाहना तथा भविष्यको आवश्यकता अनुसार न्यूतम १० हजारदेखि १० लाखसम्म प्रारम्भिक बिज रकम जम्मा गरी धनवृद्धि लक्ष्य प्राप्त गर्न सक्नेछन् ।
तानसेनका उपभोक्तालाई विद्युत महशुल निःशुल्क
बुधबार, असोज ५, २०७९
जिल्लाको तानसेन नगरपालिकाले २० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई विद्युत महशुल निःशूल्क गरेको छ ।

नेपाललाई जापानद्वारा करिब रु १६ अर्ब सहयोग
बुधबार, असोज ५, २०७९
नेपालको पूर्वी तराईस्थित चन्द्र नहर सिँचाइ प्रणालीको पुनःस्थापना सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारले करिब रु दुई अर्ब अनुदान सहयोग प्रदान गरेको छ । यसैगरी काठमाडौँ र पोखराको सहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयन गर्न जापानले रु १४ अर्ब २० करोड ऋण सहयोग प्रदान गरेको छ ।

यती एयरलाइन्सद्वारा यात्रु सेवा वृद्धि
बुधबार, असोज ५, २०७९
निजी क्षेत्रको हवाई कम्पनी यती एयरलाइन्सले एक वर्षको अवधिमा १० लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरेको छ । काठमाडौँबाट भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगञ्जलगायतका विमानस्थल र पर्वतीय उडान भर्दै आएको यती एयरलाइन्सले एक वर्षको अवधिमा १० लाख पाँच हजार छ सय ७७ यात्रुलाई यात्रुसेवा प्रदान गरेको हो ।

सुजुकी ‘पर्वोत्सव’ ग्राहक योजना सुरु
बुधबार, असोज ५, २०७९
नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सिजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले दसैँ–तिहारभरिका लागि ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ ल्याएको छ । कम्पनीले मूल्यमा छुटसहित विभिन्न अफरको योजना ल्याएको हो ।

गणेश बचत तथा ऋण सहकारीको अध्यक्षमा गाहा
सोमबार, असोज ३, २०७९
गणेश बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा विष्णु बहादुर गाहा निर्वाचित भएका छन् । सहकारीको सोमबार तानसेनमा भएको अधिवेशनले गाहालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । गाहाले यस अघि सहकारीको लेखा संयोजकमा दुई कार्यकालको कूशल जिम्मेवारी समेत सम्हाली सकेका छन् ।