गाडी भाडा घट्यो, पाल्पा–काठमाडौंको कति ?
सोमबार, साउन १, २०८०
ग्यास र पेट्रोलियम पदार्थको मूल्य घट्यो
सोमबार, साउन १, २०८०
नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १० रुपैयाँले घटाएको हो ।
सार्वजनिक यातायातको भाडादर घट्यो
सोमबार, साउन १, २०८०
पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएलगत्तै सार्वजनिक यातायातको भाडा झन्डै तीन प्रतिशत घटेको छ । स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले पनि सोही आधारमा भाडा समायोजन गरेको हो ।
हवाई भाडा बढ्ने
सोमबार, साउन १, २०८०
आन्तरिक उडानका वायु सेवा प्रदायक कम्पनीले हवाई भाडादरमा समावेश गरी मूल्य अभिवृद्धि कर उठाउने भएका छन् ।
होटल व्यवसायी संघ पाल्पाको नयाँ नेतृत्वलाई पद हस्तान्तरण
शुक्रबार, असार २९, २०८०
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ पाल्पाको नयाँ नेतृत्वलाई पद हस्तान्तरण तथा सपथ ग्रहण गराइएको छ । संघको चौथो साधारण सभा एवं दोस्रो अधिवेशनवाट नवनिर्वाचित कार्यसमितिलाई एक औपचारिक कार्यक्रमकाबिच तानसेनमा पद हस्तान्तरण तथा सपथ ग्रहण गराइएको हो ।
सरकारी खाता रोक्का
सोमबार, असार २५, २०८०
देशभरका सरकारी खाता रोक्का गरिएको छ । महालेखा नियन्त्रकको कार्यालयले गए राति १२ बजेदेखि सङ्घ, प्रदेश र स्थानीय तहको खाता रोक्का गरेको हो ।
११ महिनामा ५२ खर्ब ५३ अर्ब तरलता प्रवाह
सोमबार, असार २५, २०८०
चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा नेपाल राष्ट्र बैंकले साढे ५२ खर्बभन्दा बढी तरलता प्रवाह गरेको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत जेठ मसान्तसम्ममा रिपोमार्फत रू ४ खर्ब १४ अर्ब ४७ करोड, सोझै खरिद बोलकबोलमार्फत् रू ८९ अर्ब ७० करोड,...
२४ कम्पनीलाई सोधियो स्पष्टीकरण
आइतबार, असार २४, २०८०
सार्वजनिक खरिद अनुगमन कार्यालयले २४ निर्माण कम्पनी तथा आपूर्तिककर्तालाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ । कार्यालयले विभिन्न सरकारी निकायको सिफारिसमा आयोजनाका काममा ढिलासुस्ती गर्ने र सन्तोषजनक काम नगर्नेलाई सात दिने स्पष्टीकरण सोधेको हो ।
मृगौला पीडित राजेशलाई आर्थिक सहयोग
शनिबार, असार २३, २०८०
जिल्लाको रम्भा गाउँपालिका –३ का ५२ वर्षीय मृगौला पीडित राजेश चितौरे रानालाई विभिन्न व्यक्तिहरुले उपचारका लागि आर्थिक सहयोग गरेका छन् । पाल्पा श्रीनगर समाज हङकङको सहयोग र समाजका अगुवा वसन्त श्रीनेतको सक्रियतामा सकंलित एक लाख ५८ हजार २ सय मृगौला पीडित रानालाई सहयोग गरिएको हो ।
आगामी दुई शनिबार बैंक खुल्ने
शुक्रबार, असार २२, २०८०
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालार्ई असार २३ र ३० गते शनिबारका दिन सेवा बन्द नगर्न परिपत्र गरेको छ । चालु आर्थिक वर्ष सकिने बेलामा राजस्व भुक्तानी, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरका लागि बढी चाप पर्ने भएकाले शनिबार पनि सेवा उपलब्ध गराउन राष्ट्र बैंकले परिपत्र गरेको हो ।
लुम्बिनी प्रदेशको बजेट पारित
शुक्रबार, असार २२, २०८०
लामो समयको रस्साकस्सीपछि लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित भएको छ । प्रमुख प्रतिपक्ष दल एमालेको निरन्तर अवरोधका बीच पारित हुन नसकेको बजेट सहमतिपछि बुधबार राति बहुमतले पारित भएको हो ।
पेट्रोलियम पदार्थको मूल्य घट्यो, कहाँ कति ?
मंगलबार, असार १९, २०८०
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी ठाउँ पिच्छे मूल्य घटाइएको हो । निगमले काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ५/५ रुपैयाँ मूल्य घटाएको छ । तराई क्षेत्रमा भने प्रतिलिटर साढे ७ रुपैयाँ घटाएको छ ।...
सुुन बरामद प्रकरण : बुटवलका दुई सुन पसल सिल
सोमबार, असार १८, २०८०
रुपन्देहीको कालिदह नाका हुँदैै भारत लैजाँदै गर्दा बरामद भएको साढे दुई केजी सुनको अनुसन्धानका क्रममा बुटवलका सुन व्यवसायीको संलग्नता भेटिएको छ । नाका हुँदै यही असार १० गते भारततर्फ लैजाँदै गर्दा सशस्त्र प्रहरीले इँटाजस्तै रङ र आकारको झण्डै साढे दुई किलोको शङ्कास्पद वस्तु बरामद गरेको थियो ।


