भारतले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची 
                        आइतबार, असार १७, २०८०
                    
                 
                        
                    
                        
                                नौ हजार पाँच सय ९० जनाले बुझाएनन् सम्पत्ति विवरण
                            
                         आइतबार, असार १७, २०८०
                        
                        
                            आर्थिक वर्ष २०७८/७९ मा सङ्घीय तथा प्रदेश सरकारका विभिन्न निकायमा कार्यरत नौँ हजार पाँच सय ९० कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । सम्पत्ति विवरण नबुझाउने ती कर्मचारीलाई कारबाही गर्न सिफारिशसहित राष्ट्रिय सतर्कता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिवेदनसमेत बुझाइसकेको जनाइएको छ ।
                    
                 
                        
                    
                        
                                सन् २०२३ मा भित्रिए चार लाख ७६ हजार पर्यटक
                            
                         आइतबार, असार १७, २०८०
                        
                        
                            सन् २०२३ को छ महिनामा चार लाख ७६ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यो सन् २०१९ को तुलनामा ८३ प्रतिशत ‘रिकभर’ हो । सन् २०२० को सुरुआतदेखि कोरोना महामारी सुरु भएपछि घट्दो क्रममा रहेको विदेशी पर्यटक आगमन सन् २०२३ मा भने ‘रिकभर’ हुने अवस्थामा...
                    
                 
                        
                    
                        
                                आर्थिक समृद्धिका लागि रोजगारमूलक कार्यक्रम हाम्रो प्राथमिकता : मुख्यमन्त्री चौधरी  
                            
                         आइतबार, असार १७, २०८०
                        
                        
                            लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आर्थिक समृद्धिका लागि रोजगारमूलक कार्यक्रमलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन् । आइतबार पत्रकार महासंघ पाल्पाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्षदेखि रोजगार सिर्जना गर्ने गरी कार्यक्रम ल्याइएको बताएका हुन् ।  
                    
                 
                        
                    
                        
                                नबिल बैंकले ‘नबिल ग्रीन वीक’ मनाउँदै
                            
                         आइतबार, असार १७, २०८०
                        
                        
                            नबिल बैंक लिमिटेडले ‘नबिल ग्रीन वीक’ कार्यक्रम मनाउने भएको छ । नबिल बैंकले नबिल दिगो बैंकिङको वार्षिकउत्सवमा ‘नबिल ग्रीन वीक’ मनाउने भएको हो । २०७८ धान दिवसको दिन प्रारम्भ गरिएको ‘नबिल दिगो बैंकिङ’ले एक वर्ष पूरा गरेको उपलक्ष्यमा बैंकले ‘नबिल ग्रीन वीक’ मनाउने भएको हो ।
                    
                 
                        
                    
                        
                                होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ पाल्पाको अध्यक्षमा बस्याल
                            
                         शुक्रबार, असार १५, २०८०
                        
                        
                            जिल्लाका होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुको छाता संगठन पाल्पा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघमा नयाँ नेतृत्व आएको छ । संघको तानसेनमा भएको चौथो साधारण सभा एवं दोस्रो अधिवेशले नयाँ नेतृत्व चयन गरेको हो ।
                    
                 
                        
                    
                        
                                बुटवलमा किसानलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याइने
                            
                         शुक्रबार, असार १५, २०८०
                        
                        
                            बुटवल उपमहानगरपालिका–१५ उजेलापुरमा आज धान दिवस तथा रोपाइँ महोत्सव आयोजना गरेको छ । उजेलापुरस्थित भीमकुमारी थारुको खेतमा उपमहानगरपालिकाले बाजागाजासहित रोपाइँ गरेर दिवस मनाइएको हो ।
                    
                 
                        
                    
                        
                                कुथेली बुखरी स्मल हाइड्रोपावरले आइपिओ निष्कासन गर्दै
                            
                         शुक्रबार, असार १५, २०८०
                        
                        
                            कुथेली बुखरी स्मल हाइड्रोपावरले आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कुथेली बुखरी स्मल हाइड्रोपावरले असार २६ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको हो ।
                    
                 
                        
                    
                        
                                निस्दीले गर्यो २० वर्ष पुगी विवाह गर्नेलाई सम्मान
                            
                         बुधबार, असार १३, २०८०
                        
                        
                            जिल्लाको निस्दी गाउँपालिकाले २० वर्ष पुगी विवाह गर्ने महिलाई नगदसहित सम्मान गरेको छ । पालिकाले समाजमा बढिरहेको बालविवाहलाई रोक्ने उद्देश्यले कक्षा १२ उत्तीर्ण गरी २० वर्ष उमेर पुगी विवाह गर्ने महिलालाई प्रोत्साहनस्वरुप नगद सहित सम्मान गरेको हो ।
                    
                 
                        
                    
                        
                                स्थानीय तहले आइतबार बजेट प्रस्तुत गर्दै
                            
                         शनिबार, असार ९, २०८०
                        
                        
                            आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सात सय ५३ स्थानीय तहको बजेट आइतबार सार्वजनिक हुँदैछ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय (बजेट) को अनुमान स्थानीय...
                    
                 
                        
                    
                        
                                सामाजिक सुरक्षा कोषद्वारा पाँच अर्ब दाबी भुक्तानी
                            
                         शनिबार, असार ९, २०८०
                        
                        
                            सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाबापत योगदानकर्तालाई झण्डै रु पाँच अर्ब दाबी भुक्तानी गरेको छ । कोषले हालसम्म विभिन्न सुरक्षा योजनाबाट योगदानकर्तालाई रु चार अर्ब ७९ करोड भुक्तानी गरेको हो । 
                    
                 
                        
                    
                        
                                गुल्मीका पालिकामा १६ करोड बढी बजेट कटौती
                            
                         शनिबार, असार ९, २०८०
                        
                        
                            गुल्मीका १२ पालिकामा १६ करोडभन्दा बढी बजेट कटौती भएको छ । संघीय सरकारले वित्तीय समानीकरण अनुदान अन्तर्गत बजेट कटौती गर्दा जिल्लाका पालिकाहरुमा १६ करोड १७ लाख ५० हजार बजेट कटौती भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख छविन्द बेल्वासेले जानकारी दिए ।
                    
                 
                        
                    
                        
                                त्रिवर्षीय कार्य योजनाका लागि सुुझाव माग्दै पाल्पा उद्योग वाणिज्य संघ
                            
                         शुक्रबार, असार ८, २०८०
                        
                        
                            जिल्लाका उद्योगी तथा व्यवसायीहरुको छाता संगठन  पाल्पा उद्योग वाणिज्य संघले त्रिवर्षीय कार्य योजनाका लागि स्थानीय तहमा पुगेर सुझाव माग गरेको छ । 
                    
                

 
                     
                     
                    
 
                     
                     
                     
                     
                    