Shittalpati
गणेश बचत तथा ऋण सहकारीको अध्यक्षमा गाहा

पाल्पा, गणेश बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा विष्णु बहादुर गाहा निर्वाचित भएका छन् । सहकारीको सोमबार तानसेनमा भएको अधिवेशनले गाहालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । गाहाले यस अघि सहकारीको लेखा संयोजकमा दुई कार्यकालको कूशल जिम्मेवारी समेत सम्हाली सकेका छन् ।

भूपु सैनिक समेत रहेका गाहाले सहकारीको विकास र विस्तारमा उल्लेखीय भूमिका निर्वाह गरिसकेका छन् । उनले लेखा संयोजकमा रहेर सहकारीको शेयर पुँजी वृद्धि गर्नेदेखि शेयर सदस्य वृद्धि गर्नमा ठूलो भूमिका खेलिसकेका छन् । इमान्दार र कर्तव्य निष्ठा गाहाले अध्यक्षमा चयन भएसँगै सहकारीलाई थप मजबूद र बलियो बनाएर लैजान बताएका छन् । उनले नवजनचेतासँगको कुराकानीमा शेयर सदस्यहरुको स–सानो लगानीलाई बढी भन्दा बढी बचत गरी उनीहरुलाई आर्यआर्जनसँग जोड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

अधिवेशनले गाहाको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । जसको उपाध्यक्षमा दलबहादुर थापा, सचिवमा कान्ति माया आले, कोषाध्यक्षमा चन्द्र बहादुर खाम्चालाई चयन गरेको छ । यस्तै सदस्यहरुमा चन्द्र बहादुर गाहा, माया राना र शेरबहादुर कुंवर रहेका छन् । यस्तै अधिवेशनले सहकारीको सल्लाहकारमा दमबहादुर राना, रामबहादुर थापा, रुकबहादुर थापालाई चयन गरेको छ ।

यस्तै ऋण संयोजकमा तीन सदस्यी समिति समेत गठन गरिएको छ । जसको संयोजकमा दलबादुर राना, सदस्यहरुमा दिलबहादुर राना, निल माया पुन रहेका छन् । यस्तै लेखा समिति संयोजकमा हेमनसिंह सारु थापा, सदस्यहरुमा शंकर रेस्मी, पूर्णबहादुर गाहा रहेका छन् । यस्तै अधिवेशनले शिक्षा संयोजकमा चन्द्र राना, सदस्यहरुमा हुमा थापा, चित्रकला गाहालाई चयन गरेको सहकारीले जनाएको छ । सहकारीले कानुनी सल्लाहकारमा शिव प्रसाद देवकोटालाई पुनः चयन गरेको छ ।

 

 

प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  १९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update