सक्षम खेलाडी उत्पादन गर्दै माथागढी गाउँ सरकार
अर्थवाणिज्य/कर्पोरेट
खल्ती प्रयोगकर्तालाई वल्र्डलिंकको फ्रि वाइफाइ
.jpg)
पाल्पा, खल्ती प्रयोगकर्ताहरुका लागि वल्र्डलिंकको फ्रि वाइफाइ सुविधान ल्याइएको छ । अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले ‘खल्तीमा १०० जीबी’ अफर अन्तर्गत फ्रि वाइफाई सविधा ल्याइएको हो । यसअन्तर्गत खल्ती प्रयोगकर्ताले वल्र्डलिंकका १४ हजारभन्दा धेरै हटस्पटहरुमा १०० जीबी फ्रि वाइफाइ ३० दिनको लागि प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।
१०० जीबी फ्री वाइफाइ एक्टिभेट गर्नुअघि खल्ती प्रयोगकर्ताले वल्र्डलिंकको फ्रि वाइफाइका लागि रजिस्टर भने गरेको हुनुपर्नेछ । रजिस्टर गरेपश्चात् खल्ती एपको ‘पपुलर सर्भिसेस’ मा रहेको ‘खल्ती मा १०० जीबी’ आइकनमा गई ‘गेट १०० जीबी फ्रि वाइफाइ’ मा ट्याप गरी एक्टिभेट गरेपछि आउँदो ३० दिनसम्म फ्रि वाइफाइ प्रयोग गर्न सकिनेछ । प्रयोगकर्ताको दर्ता गरिएको खल्ती आईडी र वल्र्डलिंक फ्रि वाइफाइमा रजिस्टर्ड आईडी भने एउटै हुनुपर्नेछ । यो अफर २७ पुसदेखि २६ माघ २०७८ सम्म लागू हुनेछ । यस सुविधामार्फत नेपालमा उपलब्ध भएको १४ हजारभन्दा बढी ठाउँबाट जुनसुकै समयमा पनि सजिलै इन्टरनेटको सुविधा प्राप्त हुनेछ ।
थप समाचार
खेलकुद
Follow Us
View our latest news on any of these social networks!