Shittalpati
‘नेशनल एचआर एक्सिलेन्स’ अवार्ड एनसेललाई

पाल्पा(एजेन्सी), २०२० को ‘नेशनल एचआर एक्सिलेन्स अवार्ड एनसेल आजियाटा लिमिटेडले प्राप्त गरेको छ । मानव संशाधन विकासका क्षेत्रमा काम गर्दै आएको एनसेललाई ग्रोथ सेलर्सले यो अवार्ड प्रदान गरेको हो ।
ग्रोथ सेलर्सले विभिन्न पाँच विधामा प्रदान गरेको एचआर अवार्डमा एनसेलले पाएको यो अवार्ड मुख्य विधा अन्तर्गतको हो । प्रा.डा. सुवास केसीको संयोजकत्वमा रहेको निर्णायक मण्डलले एनसेललाई यो अवार्डका लागि छानेको हो । आफुले अपनाएका मानव संशाधन नीति, अभ्यास र गरेका कार्यहरुको उत्कृष्टताको सम्मान तथा पहिचान गर्दैै यो अवार्ड आफुलाई प्रदान गरिएको एनसेलले जनाएको छ । मानव संशाधनमा उत्कृष्ट बन्दै उद्योग क्षेत्रभित्र र बाहिर पनि प्रभाव पार्न सफल भएको र मानव संशाधन कार्यमा उत्कृष्टताको नमुना बन्दै अरुलाई पनि पछ्याउन प्रेरित गरेकाले एनसेलले यो अवार्ड हात पार्न सफल भएको हो । मानव संशाधन समुदायलाई सशक्त, सबल पार्न र विश्वव्यापी प्रचलनका बारेमा जानकारी प्रदान गर्दै आपसी सञ्जाल विस्तारमा योगदान पुर्‍याउन ग्रोथ सेलर्सले १३ वर्षअघि देखि एचआर मिट गर्दै आएको छ ।

प्रकाशित मिति: शनिबार, चैत २१, २०७७  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update