गुल्मीमा राष्ट्रपति रनिङ शिल्ड हुँदै
अर्थवाणिज्य/कर्पोरेट
ग्लोबलको नयाँ शाखारहित बैंकिङ्ग सेवा हुमिनमा

पाल्पा, ग्लोबल आइएमई बैंकले पाल्पाको रम्भा गाउँपालिका ४, हुमिनको झ्याङ्गसिं पोखरामा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले २४५ औं शाखारहित बैंकिङ्ग सेवा हुमिनमा सञ्चालन गरेको हो । शाखारहित बैंकिङ्ग सेवाको वडाअध्यक्ष भोजबहादुर बिकले उद्घाटन गरेका छन् । उद्घाटन गर्दै वडा अध्यक्ष बिकले ग्रामीण क्षेत्रका नागरिकहरुको वित्तीय पहुँजमा बैंकले खेलेको भूमिका महत्वपूर्ण रहने बताए । उनले ग्रामिण क्षेत्रका नागरिकहरुको पूँजीलाई उत्पादनमूलक क्षेत्रमा लगाउन बैंकलाई आग्रह गरे ।
बैंकले उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको जिम्मा बिष्णु बहादुर बोम्रेललाई दिएको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गनेएनटीसी/एनसेल/डिसहोम/सीडीएमए/यूटीएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् । कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेका क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालन गर्दै आएको छ ।
त्यस्तै, सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले ७ वटै प्रदेश तथा ७३ जिल्लामा बैंकको २ सय ६४ शाखा, २ सय ४० एटीएम, २ सय ४५ शाखा रहित बैंकिङ्ग सेवा, २४ एक्सटेन्सन काउण्टर, १ सीएसडी क्लियरिङ्ग काउण्टरसहित, २३ राजश्व कलेक्सन काउण्टर, तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ७ सय ९७ सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायतका मुलुकबाट रेमिट्यान्स भिर्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
थप समाचार


विचार
Follow Us
View our latest news on any of these social networks!