Shittalpati
मुक्तिनाथलाई ‘युरोपियन माइक्रो फाइनान्स अवार्ड’

पाल्पा । मुक्तिनाथ विकास बैंकले ‘युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२०’ प्राप्त गर्न सफल भएको छ । लक्जमवर्गमा आयोजित प्रतियोगितामा नेपालबाट मुक्तिनाथ विकास बैंक उत्कृष्ट ३ मा पर्न सफल भएसँगै ‘युरोपियन माइक्रो फाइनान्स अवार्ड प्राप्त गर्न सफल भएको हो । बैंकले साना तथा लघु बैंकिङ्ग कार्यक्रममा आवद्ध न्यून आय भएका सदस्यहरुलाई प्रदान गरी रहेको नविनतम र ग्राहकमैत्री समावेशी बचत सेवाहरुको प्रभावकारिता र त्यसले सदस्यको जीवनमा पारेको सकारात्मक परिवर्तनलाई अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनौट समितिले अध्ययन तथा अनुसन्धान गरी अवार्ड प्रदान गरिएको छ । ‘युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२०’ को लागि ३७ राष्ट्रबाट ७० वटा संस्थाले सहभागीता जनाएका थिए ।

उक्त प्रतियोगिताको लागि उत्कृष्ट ३ मा नेपालबाट मुक्तिनाथ विकास बैंक लगायत वेनिन र ईथोपियाको १–१ ओटा लघुवित्त संस्थाहरु छनौट भएका थिए । यो पुरस्कार वापत मुक्तिनाथ विकास बैंकले नगद १ लाख युरो प्राप्त गरेको छ । यो पुरस्कार रकमबाट न्यून आय भएका सदस्यहरुलाई डिजिटल बैंकिङ्गमा सहभागी गराउन विभिन्न कार्यहरु गरिनेछ । मुक्तिनाथ विकास बैंकको ४२ जिल्लामा रहेका १ सय ३८ ओटा शाखाहरु मध्ये १ सय १८ ओटा शाखामार्फत साना तथा लघु बैंकिङ्ग सेवा प्रदान गर्दै आई रहेको छ । साना तथा लघु बैंकिङ्ग अन्तर्गत १ लाख ८० हजार भन्दा बढी ग्राहक सदस्यहरुले प्रत्यक्ष सेवालिई रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०७७  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update