Shittalpati
पूर्व खेलाडीका परिवारलाई आर्थिक सहयोग

पाल्पा । पूर्व खेलाडीका परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ । गत वर्ष यूएईमा ज्यान गुमाएका पाल्पा आई,टिएफ तेक्वाण्डोका पूर्व खेलाडी मोहन जर्घाका परिवारलाई पाल्पाका खेलाडीहरुले आर्थिक सहयोग गरेका हुन् । स्वर्गिय जर्घाको आमालाई भेटेर पाल्पा आईटिएफका प्रशिक्षकहरुले २५ हजार नगद सहयोग गरेका छन् । पूर्वखोला गाउँपालिका ४ देबीनगरका मोहन जर्घाको यूएई गएको केही महिनामै सडक दुर्घटनामा ज्यान गएको थियो ।

तानसेन आईटिएफ, प्रिपरेटरी, मदरल्याण्ड, आवाशिय, बिजु, बृन्दावन, मालागिरी र ताहँु तेक्वाण्डो डोजाङका खेलाडी तथा प्रशिक्षक र पूर्व खेलाडी एवम् प्रशिक्षकहरु निर बहादुर सारु, सुरज थापा, देब पचभैया, पत्रकार दिपक भट्टराई लगाएतले गरेको आर्थिक सहयोग प्रदान गरिएको पाल्पा आईटिएफका उपाध्यक्ष एवम् अन्तर्राष्ट्रिय प्रशिक्षक कृष्ण थापाले जानकारी दिए । सहयोग रकम हस्तान्तरण गर्दै पाल्पा आईटिएफका अध्यक्ष एवम् अन्तर्राष्ट्रिय प्रशिक्षक निर बहादुर सारुले दुख र समस्या पर्दा खेलाडीको पक्षमा सहयोग गर्नेहरु धेरै छन् भन्ने हेतुले स्वर्गिय जर्घाको परिवारलाई आर्थिक सहयोग गरिएको बताए । कार्यक्रममा पाल्पा आईटिएफ्का प्रशिक्षकहरु सुरज थापा, श्याम बहादुर गाहा, बिष्णु कुमार बस्याल लगाएतको सहभागीता थियो ।

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०७७  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update