Shittalpati
एनसेलले नारीका लागि ल्यायो विशेष ‘गो सिमः अघि बढौं’

काठमाडैँ । एनसेल आजियाटा लिमिटेडले महिलाहरुका लागि ‘अघि बढौं’ भन्ने थिममा आकर्षक सुविधाहरुका साथ ‘गो सिम’ ल्याएको छ । आकर्षक बन्डल सेवाहरु, हरेक रिचार्जमा बोनस, आपतकालिन अवस्थाका बेला पछि शुल्क तिर्ने गरी टक टाइम र एमएमएस सेवा लिन पाइने, निश्चित नम्बरहरुमा निःशुल्क कल सेवा लगायत थुप्रै सुविधाहरु भएको यो सिम महिलाहरुका लागिमात्र ल्याइएको हो । यो सिम ग्राहकले कात्तिक १ गतेदेखि नजिकैको एनसेल सेन्टरहरु वा देशभरी रहेका एनसेलका आधिकारिक खुद बिक्रेताहरुबाट सजिलै मात्र ९९ रुपैयाँ मा खरिद गर्न सक्नेछन् । गो सिमको खरिदसँगै ग्राहकले २० रुपैयाँ मेन ब्यालेन्स, सात दिनको समयसीमा रहेको २०० एमबी डेटा, २० मिनेट अन नेट टक टाइम र २० ओटा एसएमएस प्राप्त गर्दछन् । यसका साथै ग्राहकले गो सिममार्फत दामी म्यूजिक तथा हङ्गामा म्यूजिक प्रो ३० दिनसम्मका लागि निःशुल्क सुचारु गर्न सक्छन् ।

ग्राहकले यो सिम सुचारु भएको अर्को दिनको मध्य रातीसम्ममा गरेको पहिलो १ सय वा वा सो भन्दा बढिको रिचार्जमा १ सय मिनेट अन नेट टक टाइम र १ सय एमबी डेटा बोनस स्वरुप प्राप्त गर्दछन् । प्राप्त बोनस सात दिनको लागि मान्य रहनेछ । महिलाहरुलाई दुरसञ्चार सेवाको पहँच सुनिश्चित गर्दै यसको लाभ प्रदान गर्ने उद्देश्य अनुरुप ल्याइएको गो सिम अन्तर्गत ग्राहकले सिम खरिद गरेको दिन देखि १२ महिनासम्म हरेक रिचार्जमा १० प्रतिशत बोनस प्राप्त गर्नेछन् । प्राप्त बोनस सात दिनको लागि मान्य रहनेछ र ग्राहकले यसबाट अन नेट कल गर्न, डेटा चलाउन तथा एसएमएस पठाउन प्रयोग गर्न सक्नेछन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०७७  १०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update