Shittalpati
विश्व बैंकले गर्यो शिक्षामा सहयोग

पाल्पा, विश्व बैंक नेपालको शिक्षा क्षेत्रमा आर्थिक सहयोग गरेको छ । उसले सरकारी स्कुलको शैक्षिक क्षेत्र सुधारका लागि १५ अर्ब ६० करोड रुपैयाँ (१२० मिलियन अमेरिकी डलर) सहयोग गरेको हो । नेपालको प्रमुख विद्यालय शिक्षा क्षेत्र कार्यक्रमको कार्यान्वयनमा सहयोग स्वरुप बैंकले अनुदान स्वीकृत गरेको जनाएको छ ।

बैंकको कार्यकारी निर्देशक समितिको बैठकले यो सहयोग रकम स्वीकृत गरेको हो । गुणस्तरीय शिक्षाका लागि शिक्षकलाई उपयुक्त मार्गदर्शन गर्दै विद्यालय क्षेत्र रुपान्तरण कार्यक्रममार्फत रकम परिचालन हुनेछ । यो कार्यक्रमले संघीय राज्यको महत्वकांक्षा पूरा गर्न शिक्षाको गुणस्तर र समतामुलक पहुँच बढाउने नेपाल सरकारको प्रयासलाई सहयोग पु¥याउने विश्व बैंकको अपेक्षा छ । स्थानीय सरकारस्तरबाट शिक्षक निर्देशन प्रणाली स्थापना गरी विषयगत शिक्षकहरु सुनिश्चित गर्ने र गुणस्तरीय शिक्षामा बढी ध्यान केन्द्रीत गर्ने यो कार्यक्रमको लक्ष्य रहेको छ । यो कार्यक्रमले आधारभूत सिपको विकास गर्दै देशभरमै राष्ट्रिय एकीकृत पाठ्यक्रमलाई लागू गर्नमा केन्द्रीत गर्ने बताइएको छ । विद्यालय शिक्षा क्षेत्र कार्यक्रमको निरन्तरता स्वरूप नेपाल सरकारले विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रमले स्थानीय तहका विद्यालयमा अध्यापन गर्ने शिक्षकको सीप विकासमा सघाउनेछ । कार्यक्रममार्फत उच्च आधारभूत तथा माध्यमिक तहमा अंग्रेजी, गणित र विज्ञानका शिक्षकको सीप अभिवृद्धि हुनेछ ।

विश्वभर फैलिएको कोरोना महामारीका कारण शैक्षिक क्षेत्रमा परेको क्षतिलाई सम्बोधन गर्नका लागि पनि बैंकको सहयोगले महत्वपूूर्ण टेवा पुुग्नेमा नेपाल सरकारले विश्वास लिएको छ । यो सहयोग रकम डिजिटल शिक्षण सिकाइ र शैक्षिक सामग्रीमा खर्च हुने बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update