Shittalpati
दुग्धजन्य परिकारको मूल्य बढ्यो

पाल्पा, दूूधको मूूल्य बढेको केही दिनमै दूूधजन्य परिकारको मूल्य पनि बढेको छ । दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको मूल्य बढेपछि त्यसैको अनुपातमा दूूधका परिकारको मूूल्य बढाएको हो ।

सरकारी स्वामित्वमा रहेको डीडीसीले दही, पनिर, चिज आइसक्रिम लगायतको मूल्य बढाएको छ । चैत २ गतेदेखि लागू हुनेगरी दूधको मूल्य बढाएको डीडीसीले दुग्धजन्य अन्य परिकारको मूल्य पनि बढाएको हो । दूधको खरिद मूल्य प्रतिलिटर १६ प्रतिशतसम्म बढेको छ । त्यसकै अनुपातमा दही, पनिर, चिज लगायतको मूल्य पनि समायोजन गरिएको डिडिसीले जनाएको छ । कम्पनीका अनुसार आधा लिटरको प्याकेट दहीको मूल्य १० रुपैयाँ बढेर ८५ रुपैयाँ कायम भएको छ । त्यस्तै डब्बाको दही प्रतिलिटर २० रुपैयाँ बढाएर १९० पु¥याइएको छ । आधा केजी पनिरको मूल्य प्रतिप्याकेट ७० रुपैयाँ बढेर ५ सय पुगेको छ । कन्चन चिजको मूल्य प्रतिकेजी २ सय २० रुपैयाँ बढाएर १ हजार ६ सय पु¥याइएको छ । याक चिजको मूल्य प्रतिकेजी २ सय २० रुपैयाँ बढाएर १ हजार ८ सय ८० रुपैयाँ पु¥याइएको छ । २ सय मिलिलिटर बोत्तलमा पाइने स्वादअनुसारको दूधको मूल्य १० बढेर ७५ रुपैयाँ पुगेको छ । कम्पनीले आइसक्रिमको मूल्य ६५ रुपैयाँ बढाएर प्रतिबट्टा ४ सय ५५ तोकेको छ । घिउको मूल्य भने हाललाई यथावत राखिएको कम्पनीले जनाएको छ । दूधको खुद्रा मूल्यमा मनलाग्दी गरेका डेरी उद्योगीले दुग्ध पदार्थको भाउ पनि मनोमानी किसिमले बढाएपछि उपभोक्ता भने मारमा परेका छन् । दूधको खुद्रा मूल्य प्रतिलिटर १६ रुपैयाँसम्म बढाएका डेरीहरूले दुग्ध पदार्थमा प्रतिकिलो २ सय २० रुपैयाँसम्म भाउ वृद्धि गरेका छन् । यसले उपभोक्ता बढी मारमा परेका हुन् ।

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update