Shittalpati
एनसेलको नयाँ योजना ‘मज्जाको प्लान’

पाल्पा, एनसेल आजियाटा लिमिटेडले प्रिपेड ग्राहकको बढ्दो सञ्चारको आवश्यकतालाई मध्यनजर नयाँ योजना सार्वजनिक गरेको छ । उसले आकर्षक डेटा र भ्वाइस सेवाको बन्डल रहेको नयाँ प्रिपेड स्टार्टर प्याक ‘मज्जाको प्लान’ सार्वजनिक गरेको हो । शुक्रबारदेखि उक्त योजना सञ्चालनमा आएको छ ।

सेवाका लागि इच्छुक ग्राहकले नजिकैको एनसेल सेन्टर वा आधिकारिक प्वाइन्ट अफ सेल्स (पीओएस) बाट खरिद गर्न सक्छन् । ग्राहकले यो स्टार्टर प्याक करसहित ५ सय ९९ मा खरिद गर्न सक्छन् । यस प्याकअन्तर्गत ग्राहकले २० जीबी डेटा र १५० मिनेट लोकल टक टाइम प्राप्त गर्न सक्छन् । प्राप्त डेटा र टक टाइम सिम सुचारु भएको दिनदेखि २८ दिनको लागि मान्य रहनेछ । यसका साथै यो प्लान सुचारु गर्ने ग्राहकले २०० वा सो भन्दामाथिको रिचार्जमा बोनस पनि प्राप्त गर्न सक्छन् । ग्राहकले २०० देखि ४ सय ९९ को रिचार्जमा ५ प्रतिशत बोनस क्यास ब्याकप्राप्त गर्न सक्छन् भने ५ सय वा सो भन्दा बढिको रिचार्जमा १० प्रतिशत बोनसको मजालिन सक्छन् । यसका साथै यो प्लान सुचारु गर्ने ग्राहकले यो अकर्षक डेटा र भ्वाइस सेवा बन्डल रहेको प्लान ५ सय ९९ मा नै आफ्नो आवश्यकताअनुसार सिमखरिद गरेको दिनदेखि ९० दिनसम्म जति पटक पनिखरिद गर्न सक्छन् । त्यस्तै प्रिपेड ग्राहकले आफ्नो सञ्चार सेवाको आवश्यकताअनुसार सञ्चालनमा रहेका अन्य भ्वाइस तथा डेटाको विभिन्न प्याकहरु एनसेल एप तथा अन्य माध्यमहरु जस्तै एसएमएस र यूएसएसडीबाट सुचारु गर्न सक्छन् ।

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update