लुम्बिनीमा ‘पिस म्याराथन’ हुने
अर्थवाणिज्य/कर्पोरेट
मेरो भ्वाइस र डान्स यूनिभर्सको आज र भोलि अडिसन हुँदै
.jpg)
पाल्पा (एजेन्सी), पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को फिल्ड अडिसन आज र भोलि काठमाडौंमा हुन लागेको छ । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा हुन लागेको प्रतियोगिता दुई दिन हुन लागेको हो ।
अडिसनमा आउँदा प्रतियोगीहरुले आफ्नो उमेर खुलाएको आधिकारिक कागज लिएर आउनु पर्ने हुन्छ । फिल्ड अडिसनबाट चुनिएका प्रतियोगीहरुले काठमाडौंमा स्टुडियो अडिसनमा सहभागी हुने छन् । डिजिटल अडिसनमा सहभागी भएका प्रतियोगीहरुले पनि अनिवार्य रुपमा फिल्ड अडिसनमा सहभागी जनाउनु पर्ने आयोजक संस्थाले जनाएको छ । इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारी भन्छन्, ‘हामी हाम्रो संस्कृति जोगाउन एकजुट भएर लाग्नुपर्छ । हाम्रो पहिचान नै हाम्रो भाषा, संस्कृति, र दुःखमा परेकाहरूलाई मद्दत गर्नुमा छ । फाउन्डेसनको मुख्य उद्देश्य पनि नेपाली मनोरञ्जन क्षेत्रमा सांगीतिक क्रान्ति ल्याउनु हो ।’ ‘मेरो भ्वाइस यूनिभर्स’को निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधान जस्ता वरिष्ठ गायकहरू रहेका छन् । त्यस्तै ‘मेरो डान्स यूनिभर्स’को निर्णायक मण्डलमा भने मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बि.सी, केकी अधिकारी, प्रियंका कार्की, र नरमन राई रहने जनाइएको छ । यी दुई शोहरु नेपालको अहिले सम्मकै सर्वाधिक धनराशी भएको रियालीटी शोहरु हुन् ।
फाउन्डेसनका अनुसार ‘मेरो भ्वाइस यूनिभर्स’का विजेताले एक करोड नेपाली रुपैयाँ पुरस्कार पाउने छन् । साथै फस्ट रनरअपले ३० लाख नेपाली रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख नेपलाी रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै, ‘मेरो डान्स यूनिभर्स’को विजेताले पनि एक करोड रुपैयाँ पुरस्कार प्रदान गरिनेछ भने फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेण्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउने छन् । त्यस्तै डान्स यूनिभर्सको सँस्कृतिक समुह विधाको विजेताले पनि २० लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । साथै उक्त विधाका फस्ट रनरअपले १० लाख रुपैयाँ र सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ पुरस्कार पाउने छन् । फाउन्डेसनले नेपाल बाहेक, म्यानमार, थाइल्याण्ड, भुटान, भारत, अष्ट्रेलिया, अमेरिका, क्यानडा लगायत युरेपेली देशहरुबाट पनि नेपाली भाषीहरुको बृहत सहभागिताको अपेक्षा राखेको छ ।
थप समाचार
Follow Us
View our latest news on any of these social networks!