Shittalpati
रहेनन् नेपालका पहिलो गभर्नर राणा

पाल्पा,नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको निधन भएको छ । राणाको ९५ वर्षको उमेरमा काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आइतबार बिहान निधन भएको हो ।

उनी नेपालको पहिलो गभर्नर तथा पूर्वअर्थसचिव हुन् । उनी हिमालयन बैंकका संस्थापकसमेत हुन् । उमेरको उत्तराद्र्धमा पनि सक्रिय जीवन बिताएका जबरा राणाकाल, २००७ को क्रान्तिपछि हुर्किँदै गरेको प्रजान्तन्त्रको संघर्षदेखि पञ्चायतको अँध्यारो र त्यसपछिका कैयन् महत्वपूर्ण राजनीतिक आरोह अवरोहको साक्षी थिए । पहिलो गर्भनरदेखि पहिलो अर्थसचिव भएका राणाले नेपाली अर्थतन्त्रको जग बसाल्न आर्थिक र नीतिगत कामको सुरूआत गरेर महत्वपूर्ण योगदान दिएका छन् ।

१९८४ सालमा थापाथली दरबारमा जन्मेका राणा प्रधानमन्त्री देवशमशेरका पनाती हिमालयले २००४ सालमा बम्बई विश्वविद्यालयको स्कुल अफ इकोनोमिक्स एन्ड सोसियोलोजीबाट एमए सकेका थिए । भारतमा बस्दा अनेकन् राजनीतिक क्रान्ति र परिवर्तन देखेका उनी त्यहीँ छँदै सुवर्णशमशेर राणा र बीपीसँग नजिकिएका थिए । यही संगतबाट भूमिगत रुपमै प्रजातन्त्र स्थापनाको राजनीतिमा होमिएका हिमालय नेपाल फर्केपछि पनि जहाँनिया राणा शासन हटाउने क्रान्तिमा सक्रिय भएका थिए ।

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  १५:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update