Shittalpati
नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक सकियो
नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक सकियो नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक सकिएको छ । काठमाडौमा भएको बैठक सकिएको हो ।
राष्ट्रियसभाको निर्वाचन अधिकृत परिवर्तन
राष्ट्रियसभाको निर्वाचन अधिकृत परिवर्तन निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यसअघि तोकिएका निर्वाचन अधिकृतहरू परिवर्तन गरेको छ । यसअघि तोकिएका जिल्ला न्यायाधीशमध्ये अधिकांश उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका र एक जना अस्वथ्य भएकाले निर्वाचन अधिकृतहरू परिवर्तन गरिएका हुन् ।
लुम्बिनीमा पर्यटक आगमन बढ्दै
लुम्बिनीमा पर्यटक आगमन बढ्दै कोरोना महामारीका कारण सुस्ताएको बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटनमा पछिल्लो वर्षमा उल्लेख्य सुधार देखिएको छ । कोरोनाकालमा लुम्बिनी भ्रमणमा आउन नपाएका आन्तरिक तथा बाह्य पर्यटक पछिल्लो समय उल्लेख्य बढ्दा कोरोनाले सुस्ताएको लुम्बिनीको पर्यटन लयमा फर्कन थालेको संकेत देखिएको छ । 
गुल्मीमा आगो ताप्ने क्रममा जलेर एक महिला घाइते
गुल्मीमा आगो ताप्ने क्रममा जलेर एक महिला घाइते गुल्मी ईश्मा गाउँपालिका–६ अमरपुरमा आगो ताप्ने क्रममा जलेर एक महिला घाइते भएकी छन् । मंगलबार साँझा खाना पकाउने दाउराको चुलोमा आगो ताप्ने  क्रममा जलेर अमरपुरकी ६९ वर्षीया मुना महत घाइते भएकी हुन् ।
उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त
उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त न्याय परिषद्ले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ । परिषद्को बुधबार बसेको बैठकले जिल्ला अदालतमा कार्यरत मध्येबाट २६, न्याय सेवाका कर्मचारीबाट ४ र ९ जना कानुन व्यवसायीहरुबाट उच्च अदालतका लागि छनोट गरेको हो ।
सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा ढकाल सिफारिस
सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा ढकाल सिफारिस न्याय सेवा आयोगको आज बसेको बैठकले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा देवेन्द्र ढकाललाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्याय परिषद्को सचिव रहेका ढकाललाई मुख्य रजिष्ट्रारमा नियुक्तिका लागि सिफारिस गरेका हुन् । 
यात्रा संस्मरण : सहयात्री सज्जनको गन्थन मन्थन 
यात्रा संस्मरण : सहयात्री सज्जनको गन्थन मन्थन  अंग्रेजी नयाँ वर्ष २०२४ को शुरु दिनमा एक जना वृद्ध सज्जन महोदयसँग बुटवल बस पार्कमा भेट भयो र रात्रिकालिन सेवाको बसमा ए को ५, ६ नं. सिटमा यात्रा गरियो ।
सहरमा जनसङ्ख्या बढ्दै, ग्रामीण भेगमा घट्दै
सहरमा जनसङ्ख्या बढ्दै, ग्रामीण भेगमा घट्दै राष्ट्रिय तथ्याङ्क कार्यालयले आज नेपालमा ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । सो अध्ययनमा कार्यालयले सहरी, सहरोन्मुख र ग्रामीण क्षेत्रमा भइरहेको बसोबासको तथ्याङ्क विश्लेषण गरेको छ ।
ठगी गरेको अभियोगमा  ‘मेनपावर’ सञ्चालक पक्राउ
ठगी गरेको अभियोगमा  ‘मेनपावर’ सञ्चालक पक्राउ आकर्षक तलबसहित वैदेशिक रोजगारीका लागि युरोपमा पठाइदिने जनाउँदै रु १९ लाख ६० हजार ठगी गरेको अभियोगमा प्रहरीले मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ ।
लुम्बिनी प्रदेशसभा : विषयगत समितिको निर्वाचन नहुने
लुम्बिनी प्रदेशसभा : विषयगत समितिको निर्वाचन नहुने आज हुने भनिएको लुम्बिनी प्रदेशसभाका विषयगत समितिका सभापतिको निर्वाचन नहुने भएको छ । निर्वाचनका लागि आवश्यक तयारी पुरा नभएकाले पुस १७ का लागि तोकिएको निर्वाचन नहुने निश्चित भएको हो । आइतबार प्रदेशसभा सचिवालयले समेत एक सूचना जारी गर्दै  निर्धारित मितिमा निर्वाचन गराउन नसक्ने समेत जनाएको छ ।
राष्ट्रिय टोपी दिवस : ढाकाको राजधानी पाल्पामै बेवास्ता 
राष्ट्रिय टोपी दिवस : ढाकाको राजधानी पाल्पामै बेवास्ता  मेरो शान, मेरो पहिचान राष्ट्रिय पोशाक संरक्षण अभियान भन्ने अभिप्रायका साथ  देशभर हर्सोउल्लासका साथ  राष्ट्रिय टोपी दिवस मनाइए पनि ढाकाको राजधानी पाल्पामै त्यसको बेवास्ता गरिएको छ ।
केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल
केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल प्रतिनिधिसभा, कानुन, न्याय तथा मानव अधिकार समितिमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ माथि संशोधनकर्तासँग छलफल प्रारम्भ भएको छ । समितिको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयकलाई लोकतान्त्रिक बनाउन बृहत्तर छलफल आवश्यक रहेको बताए ।
Weather Update