Shittalpati
समानुपातिकतर्फ एक करोड मतगणना
समानुपातिकतर्फ एक करोड मतगणना प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड ४२ हजार नौ सय ३२ मतगणना भएको छ । निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेका थिए । प्रारम्भिक विवरणमा ६१ प्रतिशत (एक करोड नौ लाख ७३ हजार २७) मत खसेकामा अब करिब नौ लाख मतगणना...
स्याङ्जा र बाजुरामा मतगणना गर्न निर्देशन
स्याङ्जा र बाजुरामा मतगणना गर्न निर्देशन निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत स्याङ्जा क्षेत्र नं २ र बाजुराको मतगणना गर्न निर्देशन दिएको छ ।
होटलहरुको भिडमा तानसेनमा खुल्यो ‘ह्वाइट हाउस रिसोर्ट’
होटलहरुको भिडमा तानसेनमा खुल्यो ‘ह्वाइट हाउस रिसोर्ट’ पाल्पाको तानसेनलाई नेपालको दार्जिलिङ्गका रुपमा चिनिन्छ । यहाँ थुपैं ऐतिहासिक पर्यटकीय, धार्मिक तथा पुरातात्विक सम्पदाहरु रहेका छन् । जसका कारण आन्तरिक तथा वाह्य पर्यटकहरुको पहिलो रोजाई तानसेन बन्ने गर्दछ । यहाँ आउने पर्यटकहरुलाई लक्षित गरी साना, ठूला लगानीका थुप्रै होटलहरु सञ्चालनमा छन्, भने केही खुल्ने क्रममा छन् ।
चिसो बढ्दै
चिसो बढ्दै हाल देशमा उल्लेखनीय मौसम प्रणाली नरहेपनि जाडो मौसम (विन्टर सिजन) सुरु हुनै लागेकाले चिसो क्रमशः बढ्दै जाने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सुकुम्बासी हतियारसहित प्रदर्शनमा
सुकुम्बासी हतियारसहित प्रदर्शनमा हटाउन खोजेपछि सुकुम्बासीहरु घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका छन् । सोमबार काठमाडौं महानगरपालिका र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको टोली एक्स्काभेटर लिएर बस्ती हटाउन आएपछि थापाथलीस्थित वाग्मती नदी किनारका सुकुम्बासी बस्तीका स्थानीय हतियारसहित प्रदर्शनमा उत्रिएका हुन् ।
विवाह पञ्चमी पर्व देशभर मनाइँदै
विवाह पञ्चमी पर्व देशभर मनाइँदै प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइँदैछ । त्रेता युगमा आजअर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो ।
३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न आयोगको निर्देशन
३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न आयोगको निर्देशन निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएकोे ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न निर्देशन दिएको छ ।
गुल्मीमा धान उत्पादनमा कमी आयो
गुल्मीमा धान उत्पादनमा कमी आयो गुल्मीमा यस पटक धान उत्पादनमा कमी आएको छ । गत वर्ष जिल्लामा २७ हजार आठ सय सात मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष २३ हजार सात सय १८ मेट्रिक टनमात्र उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । सुरुमा खडेरी परेको, फूल खेल्ने बेलामा पानी र हावा लागेको कारण...
खाद्य स्वच्छता : सचेतना र निगरानीमा जोड
खाद्य स्वच्छता : सचेतना र निगरानीमा जोड बजारमा अखाद्य र गुणस्तरहिन वस्तुहरु विक्री वितरण भइरहेका छ । सम्बन्धित निकायले निगरानी र चासो नदिदा बजारमा अखाद्यवस्तुको खुलेआम विक्री वितरण भइरहको हो । जहाँ तही गुणस्तरहिन र अखाद्य वस्तु विक्री हुन थालेपछि पाल्पाको बगनासकाली गाउँपालिकाका उपभोक्ताहरुले खाद्य स्वच्छता कायम गर्न सचेतना र निगरानी बढाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ...
पाल्पा साहित्य समाजद्वारा प्रतिभा सम्मानसँगै कृति लोकार्पण
पाल्पा साहित्य समाजद्वारा प्रतिभा सम्मानसँगै कृति लोकार्पण जिल्लाको साहित्य क्षेत्रमा क्रियाशिल हुँदै आएको पाल्पा साहित्य समाजले प्रतिभा सम्मानसँगै कृति लोकार्पण गरेको छ । समाजले शनिबार स्थापनाको २८ औँ वार्षिक दिवस, १७३ औँ छविलाल नेपाल जन्मजयन्ती तथा १२० औँ माधवप्रसाद देवकोटा जन्मजयन्तीका अवसरमा प्रतिभा सम्मानसँगै कृति लोकार्पण गरेको हो ।
मुख्यमन्त्रीको सहज बाटोमा राना
मुख्यमन्त्रीको सहज बाटोमा राना नेपाली काँग्रेस पाल्पाका निवर्तमान सभापति तथा लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वीरबहादुर राना उम्मेदवारी दिनुपूर्व पाल्पा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस भएका थिए । रानाले आफ्नो चुनावी तयारीलाई सोहीअनुरुप अगाडि बढाउँदै थिए । अचानक सत्ता गठबन्धनबाट नेकपा एकिकृत समाजवादीको भागमा क्षेत्र नं. २ को...
पत्रकार नेपाल ‘कम्मिट टु वर्क’ अवार्डबाट सम्मानित
पत्रकार नेपाल ‘कम्मिट टु वर्क’ अवार्डबाट सम्मानित पाल्पाका क्रियाशिल पत्रकार प्रकाश नेपाल ‘कम्मिट टु वक्र्क’ अवार्डबाट सम्मानित भएका छन् । नेपाललाई बागमती टेलिभिजन नेटवर्क प्रालिले उक्त अवार्डबाट सम्मान गरेको हो । पाल्पा संवाददाताको रुपमा रहेर टेलिभिजनलाई पुर्‍याएको योगदानको कदर गर्दै टेलिभिजनले नेपाललाई वेस्ट कमिनमेन्टका रुपमा सम्मान गरेको छ ।
Weather Update