पाल्पाको पूर्वखोलामा विषादी सेवन गरी बालिकाको ज्यान गयो
आइतबार, फागुन १५, २०७८

बेथल रेडक्रसले दियो सामुदायिकका विद्यार्थीलाई झोला
आइतबार, फागुन १५, २०७८
बेथल बोर्डिङ स्कूलमा सञ्चालित बेथल जुनियर रेडक्रस सर्कलले जिल्लाको एक सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई स्कूल झोला सहित शैक्षिक सामग्री दिएको छ ।

भूमि सम्बन्धी समस्या समाधान गर्न माथागढी गर्यो आयोगसँग समझदारी
शनिबार, फागुन १४, २०७८
जग्गा विहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको समस्या समाधानका लागि पाल्पाको माथागढी गाउँपालिकाले भूमि सम्बन्धी समस्या समाधान आयोगसँग समझदारी गरेको छ ।

बुद्धि विकास प्रावि माथागढीले मनायो ६८ औं वार्षिकोत्सव
शुक्रबार, फागुन १३, २०७८
जिल्लाको माथागढी गाउँपालिका–२ रुप्सेमा रहेको बुद्धि विकास प्राथामिक विद्यालयले वार्षिकोत्सव मनाएको छ । विद्यालयले एक औपचारिक कार्यक्रमका बीच ६८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । वार्षिकोत्सवको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले उद्घाटन गरेकी हुन् ।

मुसिकोटका अग्नि पीडित कार्कीलाई आर्थिक सहयोग
बुधबार, फागुन ११, २०७८
जिल्लाको मुसिकोट नगरपालिका–५ बडागाउँका अग्निी पीडित गुप्त बहादुर कार्कीलाई आर्थिक सहयोग प्राप्त भएको छ । उनलाई विभिन्न व्यक्तिहरुले आर्थिक सहयोग गरेका हुन् ।

विवाह खर्चबाट विद्यालयमा अक्षयकोष
सोमबार, फागुन ९, २०७८
पछिल्लो समय विवाहमा भोजभतेरका नाममा फजुल गर्ने प्रचलन बढी रहेका बेला गुल्मीका एक दम्पतीले भने विवाहमा हुने भोजभतेरको खर्च कटाएर विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।

गुल्मीको मुसिकोटमा आगलागी हुँदा एक घर जलेर नष्ट
आइतबार, फागुन ८, २०७८
जिल्लाको मुसिकोट नगरपालिकाको एक घरमा आगलागी हुँदा जलेर नष्ट भएको छ । शनिबार राती मुसिकोट नगरपालिका– ४ हलोगाढे बारुकामा गुप्तबहादुर कार्कीको घर जलेर पूर्णरुपमा नष्ट भएको हो ।

बेथलमा क्वाड च्याम्प प्रतियोगिता
शनिबार, फागुन ७, २०७८
तानसेनको बेथल बोर्डिङ सेकेण्डरी स्कुलमा क्वाड च्याम्प प्रतियोगिता भएको छ । स्कूलको २५ औं वार्षिक उत्सव तथा रजत जयन्तीको अवसरमा विद्यालयको अतिरिक्त क्रियाकलाप समितिले नगरस्तरीय अन्तर विद्यालय क्वाड च्याम्प प्रतियोगिता सञ्चालन गरेको हो ।

सरस्वती हत्या काण्डः चार जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
बिहीबार, फागुन ५, २०७८
जिल्ला अदालत पाल्पाले महिला हत्याको आरोपमा चार जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । अदालतले बुधबार तानसेन–६ कुनसरे स्थित स्कुल डाँडाकी ६५ वर्षीया सरस्वती घर्ती मगरको हत्यामा संलग्न ४ जना अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि पाल्पाका ५० विद्यालय छनोट
बुधबार, फागुन ४, २०७८
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि पाल्पाका ५० विद्यालय छनोट भएका छन् । शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि जिल्लाका १० स्थानीय तहका विद्यालय छनोट गरेको हो ।

आजको संसद् बैठकमा टेबल होला त एमसीसी ?
बुधबार, फागुन ४, २०७८
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) आज बस्ने प्रतिनिधिसभा बैंठकमा टेबल हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार सभामुख अग्निप्रसाद सापकोटालाई कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर आजको संसद् बैंठकमा एमसीसी टेबल गर्न भनेका छन् ।
.jpg)
मंगलबार लुम्बिनी प्रदेशमा सार्वजनिक विदा
आइतबार, फागुन १, २०७८
लुम्बिनी प्रदेश सरकाले मंगलबार अर्थात् फागुन ३ गते सार्वजनिक विदा दिने भएको छ । प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिने भएको हो ।