Shittalpati
विश्व फोटोग्राफी दिवस मनाइँदै
विश्व फोटोग्राफी दिवस मनाइँदै आज विश्व फोटोग्राफी दिवस मनाइँदै छ । हरेक वर्ष अगस्ट १९ मा यो दिवस मनाउने गरिएको छ । औपचारिक रुपमा सन् २०१० देखि यो दिवस मनाउन थालिएको हो ।
आज राष्ट्रिय सूचना दिवस मनाइँदै
आज राष्ट्रिय सूचना दिवस मनाइँदै राष्ट्रिय सूचना दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सूचनाको हकसम्बन्धि ऐन २०६४ लागू भएको दिन भदौ ३ गतेलाई हरेक वर्ष राष्ट्रिय सूचना दिवसका रुपमा मनाउने गरिएको छ ।
पाल्पाका तीन कम्युनिष्ट पार्टीहरु बीच एकताका लागि पहल
पाल्पाका तीन कम्युनिष्ट पार्टीहरु बीच एकताका लागि पहल  पाल्पाका तीन कम्युनिष्ट पार्टीहरु बीच एकताका लागि पहल सुरु भएको छ । नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र नेकपाका जिल्ला स्तरमा पार्टी एकताका लागि छलफलमा जुटेका हुन् ।
गठबन्धन सरकार कुनै पनि हालतमा ढल्दैन : उपप्रधानमन्त्री पौडेल
गठबन्धन सरकार कुनै पनि हालतमा ढल्दैन : उपप्रधानमन्त्री पौडेल उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान गठबन्धन सरकार नढल्ने बताएका छन् । आइतबार नेपाल पत्रकार महासङ्घ पाल्पाले आयोजना  गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री पौडेलले वर्तमान सरकार कुनै पनि हालतमा नढल्ने दावी गरेका हुन् । मुलुकका दुई ठूला दलको गठबन्धनको सरकार भएकाले कसैले चाहँदैमा नढल्ने मन्त्री पौडेलाको भनाई छ ।
बिक्न छाडे सारङ्गी, सुनिन छाड्यो धुन
बिक्न छाडे सारङ्गी, सुनिन छाड्यो धुन पछिल्लो समय सारङ्गी बजाएर जीविकोपार्जन गर्नेे गन्धर्व समुदायको संख्या घट्दै गएको छ । नयाँ पुस्तामा सारङ्गी बाजाप्रति रुचि नभएका कारण यसको जनसङ्ख्या घट्दै गएको हो ।
नेपालले अंग्रेजलाई हराएको सम्झनामा पाल्पामा २०६ औं भगवती खट यात्रा
नेपालले अंग्रेजलाई हराएको सम्झनामा पाल्पामा २०६ औं भगवती खट यात्रा नेपालले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा  आज भगवती खटयात्रा गरिएको छ । पाल्पाका तत्कालीन तैनाथवाला कर्णेल उजिर सिंह थापाले युद्ध जितेको सम्झनामा विजय उत्सव स्वरुप खट यात्रा गरिएको हो । नेपाली फैजले विजयी प्राप्त गरेको खुसियालीमा मनाइने जात्रालाई खट्यात्रा, भगवती जात्रा, सिन्दूरजात्रा, तथा रथयात्रा भन्ने गरिन्छ ।
नेपालले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा आज पाल्पामा ‘विजयोत्सव’ निकालिँदै
नेपालले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा आज पाल्पामा ‘विजयोत्सव’ निकालिँदै नेपालले अंग्रेज फौजलाई युद्धमा हराएको विजयी स्वरुप प्रत्येक बर्ष निकालिने भगवतीको रथ सहितको सिन्दुर जात्रा आज पाल्पाको तानसेनमा निकालिँदै छ । यस वर्ष २०६ औँ भगवती खट यात्राका रुपमा विजयोत्सव निकाल्न लागिएको हो ।
पाल्पा विकास केन्द्रले मनायो १५ औं साधारण सभा
पाल्पा विकास केन्द्रले मनायो १५ औं साधारण सभा मिडिया विकास र नीतिगत बहस तथा अध्ययन अनुसन्धानको क्षेत्रमा काम गर्दै आएको पाल्पा विकास केन्द्रले १५ औं वार्षिक साधारण सभा मनाएको छ । केन्द्रले शुक्रबार तानसेनमा एक औपचारिक कार्यक्रम गरी वार्षिक साधारण सभा गरेको हो ।
पाल्पामा भोली निकालिने विजयोत्सवको तयारी पुरा, प्रदेश सरकारले दियो सार्वजनिक विदा
पाल्पामा भोली निकालिने विजयोत्सवको तयारी पुरा, प्रदेश सरकारले दियो सार्वजनिक विदा नेपाल–अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा पाल्पामा निकालिने ऐतिहासिक भगवतीको रथ सहितको सिन्दुर जात्राको तयारी पुरा भएको छ । यस वर्ष २०६ औँ भगवती खट यात्राका रुपमा विजयोत्सव भोली निकाल्न लागिएको हो ।
निजी क्षेत्रलाई रातो कार्पेट बिछ्याएर लगानी गर्ने वातावरण बनाउनुपर्छः मन्त्री पाण्डे
निजी क्षेत्रलाई रातो कार्पेट बिछ्याएर लगानी गर्ने वातावरण बनाउनुपर्छः मन्त्री पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निजी क्षेत्रलाई रातो कार्पेट बिछ्याएर लगानी गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन।
पुरानो आरनमा नयाँ चमक : शिवलाल लोहारको फलाम यात्रा
पुरानो आरनमा नयाँ चमक : शिवलाल लोहारको फलाम यात्रा रूपन्देहीको शुद्धोधन गाउँपालिका–४ सिसवाका शिवलाल लोहारको जीवन पुख्र्यौली आरनको आगो र फलामको कामसँग जोडिएको छ ।
आज ‘श्रीकृष्ण जन्माष्टमी’, भगवान श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै 
आज ‘श्रीकृष्ण जन्माष्टमी’, भगवान श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै  भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।
Weather Update