Shittalpati
पाल्पामा निर्वाचन प्रहरीद्वारा रक्तदान
पाल्पामा निर्वाचन प्रहरीद्वारा रक्तदान जिल्लामा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खटिएका निर्वाचन प्रहरीले रक्तदान गरेका छन् । जिल्लामा हुने रगतको अभाव परिपूर्तिमा सहयोग पुर्‍याउने उद्देश्यले निर्वाचन प्रहरीले रक्तदान गरेका हुन् । 
लुम्बिनी प्रदेशमा ‘सुरक्षित मातृत्व अभियान’ सुरु
लुम्बिनी प्रदेशमा ‘सुरक्षित मातृत्व अभियान’ सुरु लुम्बिनी प्रदेश सरकारले मातृ तथा नवजात शिशु मृत्युदर न्यूनीकरणलाई लक्षित गर्दै ‘सुरक्षित मातृत्व अभियान’ विशेष अभियान सुरु गरेको छ । प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले सोमबार रुपन्देही र नवलपरासीका स्थानीय तहका जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीलगायत सरोकारवालासँग अन्तक्र्रिया गरी अभियान बारेको अवधारणासहितको ढाँचा सार्वजनिक गरेको छ ।
राष्ट्रिय प्रसारण लाइनमा जोडियो गुल्मी
राष्ट्रिय प्रसारण लाइनमा जोडियो गुल्मी गुल्मीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । वर्षौँको प्रतीक्षापछि जिल्ला अन्ततः राष्ट्रिय विद्युत् प्रसारणमा जोडिएको हो । 
आज शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदै
आज शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदै शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज (बुधबार) मनाइँदै छ । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन तिब्बती बौद्ध धर्म अवलम्ब गर्ने शेर्पा समुदायमा यो पर्व मनाउने गरिन्छ ।
टिकारामले बाड्छन् हरेक वर्ष शिवरात्रिको प्रसाद
टिकारामले बाड्छन् हरेक वर्ष शिवरात्रिको प्रसाद जिल्लाको तानसेन नगरपालिका–३ भगवतीटोलस्थित अन्नपूर्ण होटलका सञ्चालक ६५ वर्षीय टिकाराम बस्यालले हरेक  वर्ष  आउने महाशिवरात्रि पर्वको अवसरमा शिवजीको प्रसाद बाड्ने गर्दछन् । यस वर्षको शिवरात्रिमा समेत उनले बाटोमा हिड्ने यात्रुदेखि शिवालय मन्दिरमा दर्शन गरी फर्कने दर्शानार्थीहरुलाई अन्नपूर्ण होटल परिसरबाट प्रसाद बाँडे ।
आज सेना दिवस मनाइँदै
आज सेना दिवस मनाइँदै नेपाली सेनाले आज सेना दिवस मनाउँदै छ ।  नेपाली सेना गठन गरेको उपलक्ष्यमा हरेक बर्ष महाशिवरात्रीका दिन सेना दिवस मनाउँदै आईएको हो ।
जनयुद्ध दिवसमा पाल्पामा सहिद परिवारलाई सम्मान
जनयुद्ध दिवसमा पाल्पामा सहिद परिवारलाई सम्मान पाल्पामा ३१ औं जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाली कम्युनिष्ट पार्टी तानसेन नगर समितिले शुक्रबार बनाएको हो ।
बेथल बोर्डिङ स्कूलले मनायो २९ औं वार्षिकोत्सव
बेथल बोर्डिङ स्कूलले मनायो २९ औं वार्षिकोत्सव निजी विद्यालयको रुपमा सञ्चालित पाल्पाको बेथल इङ्गलिस बोर्डिङ स्कूलले २९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । व्यवहारिक, जीवनोपयोगी, वैज्ञानिक र नैतिक मूल्य बोध गराउने शिक्षाको मान्यता राखी २०५३ सालमा स्थापना भएको स्कूलले  विविध कार्यक्रमहरुको आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।
आज विश्व रेडियो दिवस मनाइदैं
आज विश्व रेडियो दिवस मनाइदैं आज विश्व रेडियो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् २०१२ बाट मनाउन सुरु गरिएको यो दिवसका अवसरमा नेपालमा विभिन्न कार्यक्रम गरेर मनाउने गरिएको छ । पेनको प्रस्तावमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, सामाजिक तथा साँस्कृतिक संगठन (युनेस्को) ले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्ष फेब्रुअरी १३ तारिखलाई रेडियो...
लुम्बिनी प्रदेशमा भ्रष्टाचार सम्बन्धी उजुरीका चाङ
लुम्बिनी प्रदेशमा भ्रष्टाचार सम्बन्धी उजुरीका चाङ लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी चार हजार ४ सय २८ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका छन् ।  आयोगको ३५औँ स्थापना दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयद्वारा आयोजित कार्यक्रममा कार्यालय प्रमुख विनिता भट्टराइले सार्वजनिक गरेको तथ्याङ्कअनुसार बुटवल कार्यालयमा गत आवमा कूल उजुरी १८५३ रहेकामा १६०९...
Weather Update