तानसेनको नारायणस्थानमा १०८ गौमुखे धारासहित शिव लिङ्ग स्थापना गरिदैं
बुधबार, फागुन २३, २०८०
रेडक्रस सोसाइटी युजुरेसको स्थापना दिवसमा वक्तृत्वकला प्रतियोगिता
मंगलबार, फागुन २२, २०८०
नेपाल रेडक्रस सोसाइटी युवा जुनियर रेडक्रस सर्कलको ६० औं स्थापना दिवसको अवसरमा विद्यालयस्तरीय रेडक्रस वक्तृत्वकला प्रतियोगिता भएको छ । नेपाल रेडक्रस सोसाइटी श्रीनगर उपशाखा तानसेन र पाल्पा प्यारागन बोर्डिङ स्कुल युवा जुनियर रेडक्रस सर्कलको आयोजनामा उपशाखाका विद्यालयस्तरीय रेडक्रस वक्तृत्वकला प्रतियोगिता भएको हो ।
भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा दायर
मंगलबार, फागुन २२, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सघन सहरी तथा भवन निर्माण कार्यालय राजविराजका तत्कालीन आयोजना प्रमुखसहितका कर्मचारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
रामपुरमा सञ्चालित मेलमिलाप सम्बन्धी तालिम सकियो
मंगलबार, फागुन २२, २०८०
जिल्लाको रामपुर नगरपालिका भित्र सञ्चालित आठ दिवसीय मेलमिलाप सम्बन्धी आधारभूत तालिम सकिएको छ । रामपुर नगरपालिकाको आयोजनामा मेलमिलापकर्ताहरुका लागि भएको तालिम सकिएको हो ।
प्रतिधिनिसभा बैठक स्थगित
सोमबार, फागुन २१, २०८०
प्रतिनिधिसभाको आज ११ बजे बस्ने भनिएको बैठक स्थगित भएको छ । सङ्घीय संसदका महासचिव पद्यप्रसाद पाण्डेयले जारी गरेको सूचनामा विशेष कारणबस बैठक स्थगित गरिएको उल्लेख छ ।
छुट्टाछुट्टै घटनामा पाँच जनाको मृत्यु
आइतबार, फागुन २०, २०८०
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा पाँच जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सवारी दुर्घटना, आगलागी र अकस्मात भएका छुट्टाछुट्टै दुर्घटनामा परी पाँच जनाको अकालमै ज्यान गएको हो ।
‘लुम्बिनी गुरुयोजना’ बाहिरको सुरक्षा व्यवस्थापन गर्न माग
आइतबार, फागुन २०, २०८०
बुद्धजन्मस्थल लुम्बिनीको सुरक्षा व्यवस्थापन थप प्रभावकारी बनाउन माग गरिएको छ । विकास कोषका पदाधिकारीसहितको टोलीले आज यहाँ उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँगको भेटमा कोषको गुरुयोजना बाहिरको सुरक्षा व्यवस्थापनको जिम्मेवारीका विषयमा छलफल गरेको छ ।
आज विश्व वन्यजन्तु दिवस मनाइदैं
आइतबार, फागुन २०, २०८०
आज विश्व वन्यजन्तु दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदैं छ । प्रत्येक वर्षको मार्च ३ तारिखका दिनमा यो दिवस मनाइने गरिन्छ । झन्डै एक दशकअघि राष्ट्रसंघले आजैका दिनमा यो दिवस मनाउने घोषणा गरेपछि विश्वभर नै वन्यजन्तुहरुको सुरक्षा र संवर्धनका लागि यस दिवसलाई विशेष उद्देश्यमूलक तरिकाले मनाइँदै आइएको हो ।
रामपुर नगर सरकारले दियो विद्यालयलाई ‘स्मार्ट बुक’
आइतबार, फागुन २०, २०८०
जिल्लाको रामपुर नगर सरकारले यहाँका विद्यालयहरुलाई स्मार्ट बुक दिएको छ । नगर सरकारले यहाँका ४ वटा विद्यालयलाई अडियो डिभाईश सहितको स्मार्ट बुक दिएको हो ।
पाल्पामा निजामती कर्मचारी युनियनको सक्रियता
शनिबार, फागुन १९, २०८०
नेपाल निजामती कर्मचारी युनियन पाल्पाले पछिल्लो समय आफ्ना गतिविधिहरुमा सक्रियता देखाएको छ । युनियनले संगठन विस्तार तथा सुदृढिकरण र कर्मचारीहरुका समस्या, गुसाना पहिचान गरी तिनीहरुको समाधान गर्ने कार्यमा सक्रियता देखाएको हो ।
सम्पत्ति शुद्धीकरण विधेयक पारित
शुक्रबार, फागुन १८, २०८०
राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ पारित गरेको छ । कानुन, न्याय तथा संसदीयमा मामिलामन्त्री धनराज गुरुङले सो विधेयक सभामा पेस गरेका थिए ।
मोहन कन्या माविमा एसइई दिने दिदीहरुलाई बहिनीहरुले दिए शुभकामना
बिहीबार, फागुन १७, २०८०
तानसेनको मोहन कन्या माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ९ का (छात्रा) बहिनीहरुले एसइई दिने दिदी (छात्रा)हरुलाई सफलताको शुभकामना दिएका छन् । उनीहरुले एक औपचारिक कार्याक्रमको आयोजना गरी एसइईको तयारीमा रहेका दिदीहरुलाई शुभकामना दिएका हुन् ।
पाल्पामा भेटियो पुरानो ग्रिनेड, सेनाद्वारा डिस्पोज गर्ने तयारी
बिहीबार, फागुन १७, २०८०
जिल्लाको तानसेन नगरपालिका–११, जोगीपानीमा ग्रिनेड फेला परेको छ । माओवादी सशस्त्र द्वन्द्वका बेला राखिएको हुनसक्ने आशंका गरिएको ग्रिनेड जोगीपानीस्थित लिपिन्देवी आधारभूत विद्यालयनजिकै भेटिएको हो ।


-1762576335.jpg)