Shittalpati
आपतकालिन प्रतिकार्य तथा पुर्नलाभको समीक्षा
आपतकालिन प्रतिकार्य तथा पुर्नलाभको समीक्षा कोभिड–१९ आपतकालिन प्रतिकार्य तथा पुर्नलाभ परियोजनाको तानसेनमा समीक्षा गरिएको छ । कारितास नेपाल फिल्ड कार्यालय पाल्पाले जिल्लाका विभिन्न स्थानीय तहमा गरेका आपतकालिन प्रतिकार्य तथा पुर्नलाभ सम्बन्धी कार्यहरुको जिल्लाका सरोकारवाला निकायहरुबिच समीक्षा गोष्ठी गरिएको हो । 
आज विश्व बेपत्ता विरुद्धको दिवस मनाइँदै
आज विश्व बेपत्ता विरुद्धको दिवस मनाइँदै आज विश्व बेपत्ता दिवस मनाइदैं छ । ३० अगस्ट अर्थात् बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम मनाइने गरिन्छ । बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको सम्झनामा हरेक बर्षको अगस्त ३० तारिखमा विश्वभर संयूक्त राष्ट्रसंघ र एम्नेस्टी इन्टरनेशनलले आफ्नो सक्रिय भूमिका जनाउँदै बेपत्ता व्यक्तिहरुको सम्झनामा दिवस मनाउँदछन् ।
बैकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ
बैकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी सार्वजनिक गरिएको छ । 
पाँच वर्षभित्र प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउन पाइने
पाँच वर्षभित्र प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउन पाइने शैक्षिक प्रमाणपत्रमा व्यक्तिगत विवरण नमिलेका विद्यार्थीले अब पाँच वर्षभित्र उमेर, नाम र जात सच्याउन पाउने भएका छन् । यही भदौ ६ गतेको मन्त्रिपरिषद् बैठकले उमेर, जात र नाम सच्याउने (तेस्रो संशोधन) नियमावली, २०८० स्वीकृत गरेसँगै विद्यार्थीले शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउन पाउने भएका हुन् । 
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । 
खोलामा डुबेर दुई जनाको मृत्यु
खोलामा डुबेर दुई जनाको मृत्यु खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । रुपन्देही र कपिलवस्तुमा डुबेर दुई जनाको मृत्यु भएको हो । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रूपन्देहीको तिलोत्तमा नगरपालिका–६ दश नम्बरस्थित सताहा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । वडा–४ का ५५ वर्षीय विष्णु शर्माको खोलामा डुबेर मृत्यु भएको हो ।
तानसेनमा लायन्स अन्तर्राष्ट्रियको पदस्थापनसँगै प्रशिक्षण
तानसेनमा लायन्स अन्तर्राष्ट्रियको पदस्थापनसँगै प्रशिक्षण जिल्लाको तानसेनमा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ पी एरिया २ को आयोजनामा पदस्थापना तथा प्रशिक्षण कार्यक्रम गरिएको छ । जिल्लाको एरिया २ अन्तर्गत रहेका १२ वटा लायन्स क्लब र दुई वटा लियो क्लबको पदस्थापना र प्रशिक्षण कार्यक्रम भएको हो ।
तानसेनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु 
तानसेनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु  जिल्लाको तानसेन नगरपालिका –१४ अर्गेलीमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । सोमबार विहान १ :३० बजे भएको दुर्घटनामा चालक सल्यान कालीमाटी गाउँपालिका – २ का  ३० वर्षीय नरेश घर्ती मगरको मृत्यु भएको  हो ।  
रोयल्टी रसिद प्रमाणीकरणपछि बोटे युवाहरुको धर्ना स्थगित
रोयल्टी रसिद प्रमाणीकरणपछि बोटे युवाहरुको धर्ना स्थगित गिट्टी, बालुवा निकासीको रोयल्टी रसिद प्रमाणिकरणको माग गर्दै तीन दिनदेखि बगनासकाली गाउँपालिकाको कार्यालयमा धर्ना बस्दै आएका वडा–६, यम्घा दर्पुकका बोटे युवाहरुले धर्ना स्थगित गरेका छन् । आइतबार पालिकाले रोयल्टी रसिद प्रमाणिकरण गरेको प्रमाणित प्रतिलिपी दिएपछि उनीहरुले धर्ना स्थगित गरेका हुन् ।
करेन्ट लागेर एकको मृत्यु
करेन्ट लागेर एकको मृत्यु रुपन्देहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको रोहिणी गाउँपालिका–४ सुईलिहवास्थित गोएल मेटल उद्योगमा काम गर्ने रौतहट गुजरा नगरपालिका–६ बेदौलीका १९ वर्षीय पप्पु पासवानको करेन्ट लागेर मृत्यु भएको हो ।
वर्ष दिनमा आठ सय बढी पुस्तक अध्ययन गरिन आठ वर्षीया लिनाले
वर्ष दिनमा आठ सय बढी पुस्तक अध्ययन गरिन आठ वर्षीया लिनाले नेपालको सबैभन्दा ठूलो जलविद्युत् परियोजना कालीगण्डकी ‘ए’ को पावर हाउस जाने बाटोको नजिकै छ सत्यदेवी माध्यमिक विद्यालय । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बलामबेल्टारीमा अवस्थित उक्त विद्यालयमा कक्षा दुईमा अध्ययनरत छिन् आठ वर्षीया लीना पाण्डे । उनले एक वर्षको अवधिमा आठ सय ६७ पुस्तक पढेर सबैलाई चकित पारेकी छिन् ।
असफलताको बाटोमा स्वास्थ्य बीमा
असफलताको बाटोमा स्वास्थ्य बीमा स्वास्थ्य उपचारमा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सरकारले सामाजिक सुरक्षाका रूपमा आर्थिक वर्ष २०७२/७३ मा राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम शुरू गरेको थियो ।
Weather Update