तानसेनमा निकालियो अमरनारायणको रथयात्रा
बिहीबार, भदौ २१, २०८०

पाल्पामा निकालियो इतिहास सम्झाउने भगवती जात्रा
बिहीबार, भदौ २१, २०८०
पाल्पाको तानसेनमा विहीबार ऐतिहासिक भगवती रथ यात्रा निकालिएको छ । गोरखालीले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा वीरताको प्रतिकको रुपमा सिन्दुर जात्रा गरी भगवती रथयात्रा निकालिएको हो ।

सबैको उत्सव, पाल्पा ‘विजयोत्सव’
बिहीबार, भदौ २१, २०८०
एक वर्षपछि फेरि पाल्पाको तानसेन उत्सवमय बन्दै छ । बच्चाबच्ची, बूढाबूढी, युवा, युवती सबैको लागि भगवती जात्रा उत्सवमय बन्ने छ । आज गाउँ–गाउँबाट मेला अवलोकनका लागि विभिन्न व्यक्तिहरुले समय मिलाएर आउँदैछन् । तानसेन बजार यति बेला दुलहीझैँ सिँगारिएको छ भने मानिसहरुको चहलपहल बढ्दो छ ।

‘प्रथम श्रीनगर हब कन्भेन्सन अन एस क्यू सी’ हुँदै
बुधबार, भदौ २०, २०८०
तानसेनमा ‘प्रथम श्रीनगर हब कन्भेन्सन अन एस क्यू सी’ हुन लागेको छ । पाल्पा प्यारागन इङ्गलिस बोर्डिङ्ग स्कुलको आयोजनामा असोज ७ गते आइतबार हुने भएको हो । स्कुलको प्राङ्गणमा कार्यक्रम गरिने जनाइएको छ । कन्भेन्समा कक्षा १ देखि १० सम्मका विद्यार्थी सहभागी हुनेछन् ।
ऋषिकेश मन्दिरका वृद्धाहरुलाई फलफूल
बुधबार, भदौ २०, २०८०
शहिद स्मृति प्रतिष्ठान पाल्पाले रिडीमा रहेको ऋषिकेश मन्दिरमा बस्ने वृद्धाहरुलाई फलफूल वितरण गरेको छ । प्रतिष्ठानले कृष्ण जन्माष्टमीको अवसर पारेर बुधबार मन्दिरमै पुगी वृद्धाहरुलाई फलफूल वितरण गरेको हो ।

कक्षा १२ को पुरक परीक्षाको समय तालिका परिवर्तन
बुधबार, भदौ २०, २०८०
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११÷१२) ले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको समय तालिका विशेष कारणले परिवर्तन भएको जनाएको छ ।

आज श्री कृष्णजन्माष्टमी पर्व मनाइदैं
बुधबार, भदौ २०, २०८०
आज श्रीकृष्ण जन्माष्टमी पर्व श्रीकृष्णको पूजा आराधना गरी मनाइदैं छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्र अष्टमीको मध्यरातमा भएको सम्झनामा यो पर्व मनाउने गरिएको हो ।

घुस लिएको अभियोगमा मुद्दा दायर
मंगलबार, भदौ १९, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकामा कार्यरत लेखापाल टेकनारायण यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

ऐतिहासिक भगवती जात्राको तयारी तीव्र
मंगलबार, भदौ १९, २०८०
पाल्पाको ऐतिहासिक भगवती जात्राको तयारी तीव्र पारिएको छ । यही भदौ २१ गते बिहीबारका दिन हुन लागेको २०३ औं भगवती रथायात्राको तयारी तीव्र पारिएको श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यबस्थापन समितिले जनाएको छ । समितिले सोमबार पत्रकार सम्मेलन गरी जात्रालाई विजय उत्सवकै रुपमा मनाउने गरी तयारी भइरहेको जनाएको हो ।

छैटौं तलाबाट हाम फालेर एकको मृत्यु
सोमबार, भदौ १८, २०८०
वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु भएको छ । सोमबार विहान २ बजेतिर सर्जिकल भवनको तलाबाट उनले फाम फालेको अस्पतालको सीसीटीभी फुटेजमा देखिएको छ ।
1693807159.jpg)
बौद्ध शिक्षाले जीवन सार्थक बनाउँछ : महास्थविर
सोमबार, भदौ १८, २०८०
बुद्ध विहार भृकुटीमण्डप काठमाडौका प्रमुख धर्म कथिक भिक्षु कोण्डन्य महास्थविरले बौद्ध शिक्षा ग्रहण गर्न सकियो भने जीवन सार्थक हुुने बताएका छन् । धर्मचक्र बौद्ध युवा संघ तानसेन पाल्पाको रजत जयन्तीलाई तानसेनमा सम्बोधन गर्दै बौद्ध शिक्षाले मानव जीवनलाई शान्ति र आत्मज्ञानी बनाउँदै सार्थकता प्रदान गर्ने बताएका हुन् ।

मोहन कन्याको यात्रा ७४ वर्षमा
सोमबार, भदौ १८, २०८०
पश्चिम क्षेत्रकै एक मात्र प्राविधिक कन्या स्कुल मोहन कन्या माध्यमिक विद्यालय ७४ वर्षको यात्रामा प्रवेश गरेको छ । कन्याहरुलाई व्यवहारिक, जीवनोपयोगी, वैज्ञानिक र नैतिक मूल्य बोध गराउने शिक्षाको मान्यता राखी स्थापना भएको स्कूलले ७४ वर्षको बुढ्यौली यात्रा तय गरेको हो ।