Shittalpati
आज कुसे औंसी, पितालाई विशेष सम्मान गरी मनाइँदै
आज कुसे औंसी, पितालाई विशेष सम्मान गरी मनाइँदै प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुसे औँसी पर्व आज पिताको विशेष सम्मान गरी मनाइँदै छ । यसै अवसरमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् ।
रैनादेवी छहरामा १७ वर्षीय किशोर मृत फेला
रैनादेवी छहरामा १७ वर्षीय किशोर मृत फेला जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा एक किशोर मृत अवस्थामा फेला परेका छन् । रैनादेवी छहरा गाउँपालिका ८ खुर्सानेका १७ वर्षीय लीलाबहादुर कार्की शुक्रबार विहान मृत अवस्थामा फेला परेका हुन् ।
नागरिकता बनाउन सदरमुकाम जानुपर्ने बाध्यता हट्यो
नागरिकता बनाउन सदरमुकाम जानुपर्ने बाध्यता हट्यो इलाका प्रशासन कार्यालय रामपुरबाटै नागरिकता वितरण गर्न थालिएपछि स्थानीय उत्साहित भएका छन् । पछिल्लो समय सेवाग्राहीको संख्यासमेत बढेको छ । दैनिकरुपमा नागरिकता बनाउन आउनेहरु बढ्दै गएका छन् । आर्थिक वर्ष २०७८/७९ मा तीन हजार नौ ७८ जनाले नागरिकता बनाएका छन् ।
प्रतिनिधिसभा निर्वाचनका लागि ८७ दल दर्ता
प्रतिनिधिसभा निर्वाचनका लागि ८७ दल दर्ता मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि ८७ वटा राजनीतिक दलले दल दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार अगामी प्रतिनिधि सभाको निर्वाचनाका लागि ८७ वटा दलले दर्ता गराएका हुन् । त्यसमध्ये एकल रूपमा सहभागी हुने दलको संख्या ७५ रहेको आयोगले जनाएको छ ।
बन्दले नागरिकलाई सास्ती
बन्दले नागरिकलाई सास्ती लामो समय बन्द, हड्तालको सास्ती झेल्न नपरेका नेपालीले मंगलबार भने फेरी सास्ती झेल्नु पर्‍यो । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहित चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चाले सरकारसँग भएको आफ्ना कार्यकर्ता माथिको मुद्दा फिर्ता लगायत सहमति पालना गर्न माग गर्दै नेपाल बन्दको आह्वान गरेपछि सर्वसाधारणले सास्ती खेप्नुपरेको हो ।
बगनासकालीमा नवजात शिशु मृत फेला
बगनासकालीमा नवजात शिशु मृत फेला जिल्लाको बगनासकाली गाउँपालिका–३ आर्यभञ्जयाङ स्थित सिद्धार्थ राजमार्गमा नवजात शिशु मृत फेला परेको छ । मंगलबार दिउँसो सडक छेउमा लिङ्ग पहिचान नभएको शिशु मृत अवस्थामा फेला परेको हो ।
निर्वाचनमा गठबन्धनले नै सफलता हासिल गर्छ : खनाल
निर्वाचनमा गठबन्धनले नै सफलता हासिल गर्छ : खनाल नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पाँचदलीय गठबन्धनले नै निर्वाचनमा सफलता हासिल गर्ने बताएका छन् । एकीकृत समाजवादीले सोमबार तानसेनमा गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै खनालले दृढतापूर्वक गठबन्धन अगाडि बढेकाले निर्वाचनमा सफलता हासिल गर्ने दावी गरेका हुन् 
रामपुरमा शहीद स्मृति पार्क निर्माण
रामपुरमा शहीद स्मृति पार्क निर्माण पाल्पाको रामपुरमा शहीद स्मृति पार्क निर्माण गरिएको छ । पर्यटकीय विकास गर्ने उद्देश्यले रामपुर नगरपालिका–३ स्थित सानीअमराई सामुदायिक वन क्षेत्रमा पार्क निर्माण गरिएको हो ।
पूर्व मन्त्रीदेखि सांसद भएकै जिल्लाको क्याम्पस आर्थिक संकटमा
पूर्व मन्त्रीदेखि सांसद भएकै जिल्लाको क्याम्पस आर्थिक संकटमा पूर्व मन्त्रीदेखि सांसद र प्रभावशाली नेताहरु भएको गुल्मीको एक क्याम्पस आर्थिक संकटमा परेको छ । शैक्षिक धरोहरको रुपमा छुट्टै पहिचान बनाउन सफल भएको रेसुंगा बहुमुखी क्याम्पस अहिले आर्थिक संकटमा परेको हो । विसं २०३९ सालमा स्थापना भएको क्याम्पसले व्यवस्थापनमा आर्थिक समस्या भएको भन्दै आर्थिक संकटकाल घोषणा गरिसकेको छ ।
तानसेनमा अमरनारायण रथयात्रा निकालियो
तानसेनमा अमरनारायण रथयात्रा निकालियो जिल्लाको सदरमुकाम तानसेनमा अमरनारायणको रथयात्रा निकालिएको छ । तत्कालीन समयमा सेन राज्य पाल्पा नेपालमा राज्य विलय भएपछि पाल्पाको कमाण्डर भएपछि काजी अमरसिंह थापाले नारायणको कलात्मक मन्दिर निर्माण गरी हरेक वर्ष तानसेनमा जात्रा निकाल्ने प्रचलन अनुरुप यस वर्ष आइतबार निकालिएको हो ।
पाल्पामा नेपाल–अंग्रेज युद्वको सम्झना, भगवती जात्रालाई राष्ट्रियकरण गर्न जोड
पाल्पामा नेपाल–अंग्रेज युद्वको सम्झना, भगवती जात्रालाई राष्ट्रियकरण गर्न जोड नेपाल–अंग्रेज युद्धमा नेपाली सेनाले अंग्रेजलाई हराएको सम्झनामा शनिबार पाल्पाको तानसेनमा विजयी उत्सव स्वरुप ऐतिहासिक भगवती जात्रा मनाइएको छ । नेपाल अंग्रज युद्धसँग जोडिएको र वीरताको प्रतिकका रुपमा प्रत्येक वर्ष मनाइने श्री ७ रणउज्जेश्वरी भगवति जात्रा हर्सोउल्लासका साथ मनाइएको हो ।
तानसेन गुठीद्वारा छात्रवृत्ति, पुरस्कार र जात्रालाई सहयोग
तानसेन गुठीद्वारा छात्रवृत्ति, पुरस्कार र जात्रालाई सहयोग धार्मिक, सांस्कृतिक र सामाजिक परोपकारीको क्षेत्रमा सक्रिय रहँदै आएको तानसेन गुठी तानसेन शाखाले छात्रवृत्ति, पुरस्कार, स्वास्थ्य उपचार खर्च र सांस्कृतिक पर्व जात्राहरुका लागि आर्थिक सहयोग गरेको छ । गुठीले तानसेनमा अध्ययनरत गरिब, जेहान्दार विद्यार्थीलाई छात्रवृत्ति, एसईईमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई पुरस्कार, आर्थिक अवस्था कमजोर भएकालाई उपचार खर्च र तानसेनमा सञ्चालन...
Weather Update