Shittalpati
तिनाउमा शोक बिदा, मृतकका परिवारलाई जनही ३५ हजार
तिनाउमा शोक बिदा, मृतकका परिवारलाई जनही ३५ हजार पाल्पाको तिनाउ गाउँपालिकामा मङ्गलबार साँझ यात्रुबाहक जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । मृतक १० मध्ये आठ जनाको घटनास्थलमा र दुुई जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्युु भएको हो । 
आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिदैं
आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिदैं प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ ।
आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस विश्वभर मनाइदैं
आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस विश्वभर मनाइदैं आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस विश्वभर मनाइँदैछ । प्रेमका पक्षधर सन्त भ्यालेन्टाईनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रत्येक वर्षको फेब्रुअरी १४ मा भ्यालेन्टाइन दिवस मनाउने गरिएको हो ।
अझै २० प्रतिशत  गरिबीको रेखामुनि
अझै २० प्रतिशत  गरिबीको रेखामुनि नेपालमा अझै २० दशमलव २७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ‘नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/८०’ मा २०७२ सालको भूकम्प र कोरोना महामारी लगायत कारणबाट अपेक्षित रुपमा गरिबीको दर घट्न नसकेको उल्लेख छ । 
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ८९ व्यक्ति पक्राउ
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ८९ व्यक्ति पक्राउ नेपाल प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको छ महिनाको अवधिमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न ८९ व्यक्तिलाई पक्राउ गरेको छ । त्यसमध्ये ६७ पुरुष र २२ महिला छन् । सोही अवधिमा जम्मा ७९ मुद्दा दर्ता भएका छन् ।
मानव अधिकार संगठनको राष्ट्रिय सम्मेलन पाल्पामा, संगठनको अध्यक्षमा अर्याल
मानव अधिकार संगठनको राष्ट्रिय सम्मेलन पाल्पामा, संगठनको अध्यक्षमा अर्याल नेपाल मानव अधिकार संगठनको १५ औं राष्ट्रिय सम्मेलन पाल्पाको ऐतिहासिक नगर तानसेनमा भएको छ  । संगठन पाल्पा शाखाको आयोजनामा सोमबार राष्ट्रिय सम्मेलन २०८० भएको हो । 
बेथल बोर्डिङ स्कूलले मनायो २७ औं वार्षिकउत्सव
बेथल बोर्डिङ स्कूलले मनायो २७ औं वार्षिकउत्सव निजी विद्यालयको रुपमा सञ्चालित पाल्पाको बेथल इङ्गलिस बोर्डिङ स्कूलले २७ औं वार्षिकउत्सव मनाएको छ । व्यवहारिक, जीवनोपयोगी, वैज्ञानिक र नैतिक मूल्य बोध गराउने शिक्षाको मान्यता राखी २०५३ सालमा स्थापना भएको स्कूलले सोमबार विविध कार्यक्रमहरुको आयोजना गरी वार्षिकउत्सव मनाएको हो ।
डलर देखाइ ठगी गर्ने फरार व्यक्ति पक्राउ
डलर देखाइ ठगी गर्ने फरार व्यक्ति पक्राउ डलर देखाइ रु नौ लाख ठगी गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउपर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ घर भई हाल बूढानीलकण्ठ नगरपालिका–५ टुसाल बस्ने २६ वर्षीय दिलकुमार लामा रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।
सुस्त गतिमा लुम्बिनी प्रदेश सरकार
सुस्त गतिमा लुम्बिनी प्रदेश सरकार लुम्बिनी प्रदेश सरकारको कामको गति अत्यन्त सुस्त रहेको छ । विकास निर्माणदेखि जनजीविकासम्मका काममा प्रदेश सरकारले गर्विलो उपस्थिति देखाउन सकेको छैन । सरकार गठनदेखि नै गठबन्धनको सहमतिमा अल्झिएको प्रदेश सरकारको कामको गति सुस्त देखिएको हो ।
सांसदद्वारा सरकारी जग्गा संरक्षणमा सरकारको ध्यानाकर्षण
सांसदद्वारा सरकारी जग्गा संरक्षणमा सरकारको ध्यानाकर्षण राष्ट्रियसभाका सांसदहरुले देशभर रहेका सरकारी जग्गाको अतिक्रमण बढेको भन्दै संरक्षणमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनीहरुले बाँसबारी छालाजुत्ता, ललिता निवास, टिकापुरलगायत अतिक्रमित सरकारी जग्गाको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराएक हुन् ।
रामग्राम क्षेत्रलाई भाडामा लगाउने सम्झौता खारेज गर्न समितिको निर्देशन
रामग्राम क्षेत्रलाई भाडामा लगाउने सम्झौता खारेज गर्न समितिको निर्देशन लुम्बिनीस्थित रामग्राम क्षेत्रको जग्गा अधिग्रहण गरेर निजी कम्पनीलाई ९९ वर्षका लागि भाडामा लगाउने गरी भएको सम्झौता खारेज गर्न सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ । रामग्राम क्षेत्रलाई संरक्षण तथा विकाससम्बन्धी अनुसन्धान तथा परियोजनाको आर्थिक स्रोतको खोजी गरी लुम्बिनी विकास कोष र प्रमिष्ट ल्याण्ड लिमिटेडबीच भएको सम्झौता खारेज गर्न समितिको...
प्रेस चौतारी पाल्पाको दोस्रो साधारणसभा रामपुरमा
प्रेस चौतारी पाल्पाको दोस्रो साधारणसभा रामपुरमा प्रेस चौतारी नेपाल पाल्पा शाखाको दोश्रो साधारण सभा रामपुरमा भएको छ । चौतारीले एक समारोहकोबिच साधारण सभा गरेको हो । सभाको प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले उद्घाटन गरेका हुन् ।
Weather Update