प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दश जना पक्राउ
मंगलबार, फागुन १५, २०८०

आज मगर एकता दिवस मनाइँदै, पाल्पाका स्थानीय सरकारले दिए सार्वजनिक विदा
मंगलबार, फागुन १५, २०८०
मगर समुदायले आज पाल्पासहित देशैभर ४२ औं नेपाल मगर संघ स्थापना एवं मगर एकता दिवस मनाउँदैछन् । मगर जातिको पहिचान, भाषा संस्कृतिको संरक्षण र एकताका लागि जुट्दै आएका संघ–संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन्

लघुवित्त पीडितहरूले गरे संसद् भवनभित्र प्रदर्शन
सोमबार, फागुन १४, २०८०
लघुवित्त पीडितहरुले संघीय संसद भवन भित्र प्रवेश गरेर विरोध प्रदर्शन गरेका छन् । संसद भवनमा बैठक सञ्चालन भइरहेको बेला उनीहरु संसद परिसरमै पुगेर प्रदर्शन गरेका हुन् ।

मिटरब्याज पीडितलाई वार्तामा आउन गृहको पत्र
सोमबार, फागुन १४, २०८०
गृह मन्त्रालयले आन्दोलनरत मिटरब्याज पीडितलाई छलफलका लागि पत्र पठाएको छ । गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरेर मन्त्रालयले मिटरब्याज पीडितलाई छलफलका लागि बोलाएको हो ।

भवन निर्माणमा ढिलाइ भएकोप्रति असन्तुष्टि
आइतबार, फागुन १३, २०८०
सङ्घीय संसद् भवन निर्माणमा भइरहेको ढिलाइप्रति प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सदस्यहरुले असन्तुष्टि जनाएका छन् । समितिको आजको बैठकमा तोकिएको अवधिमा निर्माण सम्पन्न नभएको र भवन निर्माण गर्दा नेपालको मौलिकता समेत नझल्किएको भन्दै सांसदहरुले असन्तुष्टि व्यक्त गरेका हुन् ।

लुम्बिनी त्रि-दिवसीय त्रिपिटक वाचन हुँदै
आइतबार, फागुन १३, २०८०
अखिल नेपाल भिक्षु महासङ्घको आयोजनामा आउँदो फागुन २० देखि २२ गतेसम्म बुद्ध जन्मभूमि लुम्बिनी उद्यानमा त्रि–दिवसीय पवित्र त्रिपिटक वाचन हुने भएको छ ।

पाल्पा जेसीजलाई चितवनमा अवार्ड
आइतबार, फागुन १३, २०८०
पाल्पा जेसीजले उत्कृष्ट अवार्ड प्राप्त गरेको छ । नेपाल जेसीजको आयोजनामा चितवनको सौराहामा भएको नेशनल काउन्सिलर एकेडेमी २०२४ को अवसरमा जेसीज पाल्पा शाखाले ‘हन्ड्रेड प्रसेन्ट ईफिसेन्सी अवार्ड फर दी मन्थ अफ जनवरी’ अवार्ड प्राप्त गरेको हो ।

स्वामी लोकानन्द महाराजले गरे तानसेनस्थित शिवधामको दर्शन
शनिबार, फागुन १२, २०८०
धार्मिक गुरु तत्वदर्शी ब्रहमनिष्ट सन्त शिरोमणी स्वामी लोकानन्द महाराजले तानसेन नगरपालिका– ५ स्थित लक्ष्मी मावी माथि रहेको ढाँडकुटीमा नर्मदेश्वर शिवलिङ्गको दर्शन गरेका छन् ।

पाल्पा जिप दुर्घटना : शोकमा मृतकका परिवार, सान्त्वना दिन घरमै पुग्यो काँग्रेस
शुक्रबार, फागुन ११, २०८०
शोकाकुल अवस्थामा रहेका मृतकका परिवारलाई सान्त्वना दिन र उनीहरुको अवस्था बुझ्न शुक्रबार नेपाली काँग्रेस पाल्पाको एक टोली उक्त गाउँमा पुगेको छ ।

तानसेनमा विद्युत आपूर्ति सहज बनाइदिन खानेपानी समितिको आग्रह
शुक्रबार, फागुन ११, २०८०
तानसेन खानेपानी उपभोक्ता समितिले विद्युत आपूर्ति सहज बनाइदिन विद्युत प्राधिकरण वितरण केन्द्र पाल्पा शाखालाई आग्रह गरेको छ । शुक्रबार समितिका अध्यक्ष मोहनप्रसाद श्रेष्ठको नेतृत्वमा गएको टोलीले कार्यालय प्रमुख इन्जिनियर दिलिप मरासेनीलाई भेटेर तानसेनको विद्युत आपूर्ति सहज बनाइदिन आग्रह गरेको हो ।

खोलामा डुवेर रैनादेवी छहराका १७ वर्षीय किशोरको मृत्यु
शुक्रबार, फागुन ११, २०८०
खोलामा डुवेर १७ वर्षीय किशोरको मृत्यु भएको छ । रुपन्देहीको देवदह नगरपालिका–१० चरङगेस्थित त्रिशुली खोलामा डुवेर रैनादेवी छहरा गाउँपालिका–५ घर भएका १७ वर्षीय सिलज रायमाझीको मृत्यु भएको हो ।

संसदमा उठ्यो किसानका कुरा
शुक्रबार, फागुन ११, २०८०
कृषि प्रधान देशका किसानहरुका समस्या सांसदहरुका लागि खासै ठूलो ‘इस्यू’ बन्दैन । वर्षौंसम्म जंगली जनावरबाट बाली जोगाउन सकसमा परेका किसान हुन वा उत्पादन भए पनि बजार नपाएर कृषि उपज खेर फाल्नु परेका किसानका समस्या किन नहुन्, यी विषयमा संसदमा कमैमात्र छलफल हुने गरेको छ ।

त्रिविको उपकुलपतिमा केशरजंग नियुक्त
बिहीबार, फागुन १०, २०८०
त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्रा. डा. केशरजंग बराल नियुक्त भएका छन् । त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बराललाई २०औँ उपकुलपतिका रुपमा नियुक्त गरेका हुन्