Shittalpati
रोजगारी सिर्जनामा ध्यान देऊ
रोजगारी सिर्जनामा ध्यान देऊ यतिबेला स्थानीय सरकार आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माणमा जुटेका छन् । सबैको चासो स्थानीय सरकारले ल्याउने बजेट नीति तथा कार्यक्रममा छ । अहिलेको अवस्थामा स्थानीय सरकारले रोजगारी सिर्जनालाई प्राथमिकता दिन्छन् दिदैनन् भन्ने हो । देशमा हाल बेरोजगारी चरम अवस्थामा पुगेको छ ।
पर्यटन व्यवसायीलाई प्रोत्साहित गर
पर्यटन व्यवसायीलाई प्रोत्साहित गर पछिल्लो केही समय यता नेपालमा कोरोना महामारी मत्थर भएको छ । महामारी कम भएपछि सबै क्षेत्र निर्वाध रुपमा सञ्चालन भइरहेका छन् । तर पर्यटन क्षेत्र भने अहिले पनि पुरानो अवस्थामा फर्किन सकेको छैन । कोरोना महामारी संसारभर कम भइरहेको र अधिकांशले खोप लगाए पनि पर्यटन क्षेत्र तंग्रिन नसक्नु दुखद् हो ...
लोप हुन लागेको ऐतिहासिक धरोहर ‘तानसेन’
लोप हुन लागेको ऐतिहासिक धरोहर ‘तानसेन’ नेपाली शब्द कोषमा स्वर्णिम अक्षरले सजिएको इतिहास, बुद्ध जन्मेको प्रदेशको आकाशमा सदैव चम्किरहने संस्कृति, ९ जिल्लाको न्यायपालिका, कार्यपालिका पाल्पा गौडा, शिक्षा, स्वास्थ्य, पर्यटनमा पश्चिम नेपालको आर्दश, गौरव बोकेको पुरातात्विक नगर हो तानसेन । बुटवल पछिको दोस्रो ठूलो व्यापारीक केन्द्र्रका रुपमा उपमा पाएको तानसेन आफैमा एक ऐतिहासिक शहर पनि हो ।
ख्याल गरौं है उखरमाउलो गर्मीमा !
ख्याल गरौं है उखरमाउलो गर्मीमा ! केही दिनयता देशका विभिन्न स्थानहरूमा उखरमायलो गर्मी बढेको छ । यसै पनि वैशाख, जेठ महिना गर्मी हुने महिना हो । तर यस पटक भने वर्षा गराउने मौसमी गतिविधि कम सक्रिय भई तापक्रम उल्लेख्य रुपमा वृद्धि हुँदै जाँदा अचाक्ली गर्मी बढेको हो ।
सडक दुर्घटना न्यूनीकरणमा ध्यान देऊ
सडक दुर्घटना न्यूनीकरणमा ध्यान देऊ आइतबार साँझ पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीस्थित केवरेडाँडामा जिप दुर्घटनामा परी ५ जनाको निधन भयो भने १० जना घाइते छन् । उक्त दुर्घटनामा अधिकांस बालबालिका रहेका छन् । यही क्षेत्रमा गत पुसमा बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको थियो भने १८ जना घाइते भएका थिए । रुपन्देहीको सालझण्डीबाट पाल्पाको...
रेशम चौधरी रिहाइले उब्जिएका प्रश्न
रेशम चौधरी रिहाइले उब्जिएका प्रश्न टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीको रिहाइ यति बेला देशमा वहसको विषय बनिरहेको मात्रै छैन त्यसले थुुप्रै प्रश्नहरु समेत जन्माएको छ । तीनै तहको न्यायालयबाट दोषी ठहर भएर जन्मकैदको सजाय पाएका चौधरीको रिहाइ हुनुुले  विभिन्न वहस र प्रश्न उब्जिनुु स्वभाविक नै हो ।
विश्व वातावरण दिवसको सन्दर्भ
विश्व वातावरण दिवसको सन्दर्भ विश्व वातावरण दिवस एक अन्तर्राष्ट्रिय दिवस हो । यो हरेक वर्षको ५ जुनमा मनाउने गरिन्छ ।  १९७३ देखि पहिलो पटक विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।
सरकारको नीति र कार्यक्रम
सरकारको नीति र कार्यक्रम नीति तथा कार्यक्रमका विषयमा अहिले चर्चा परिचर्चा चलिरहेको छ । प्रतिपक्षी दलले नीति तथा कार्यक्रम ठीक नभएको भन्दै विरोध जनाइरहेका छन् । सत्ता साझेदार पार्टीहरु भने यो कार्यक्रमले मुलुकको मुहार फेर्ने कुरामा जोड दिइरहेका छन् ।
नागरिकता विधेयक : प्रक्रिया गलत, काम सही
नागरिकता विधेयक : प्रक्रिया गलत, काम सही नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरणका विषयमा यति बेला समर्थन र विरोधका आवाजहरु सुनिएका छन् । जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले लामो समयदेखि रोकिएको नागरिकता विधेयक प्रमाणीकरण गरेसँगै समर्थन र विवादका स्वरहरु गुञ्जिन थालेका हुन् ।
भ्रमण सद्भावनामै सीमित नहोस्
भ्रमण सद्भावनामै सीमित नहोस् प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने भारत भ्रमणमा छन् । उनले समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा बुधबारदेखि भ्रमण सुरु गरेका हुन् । भारतीय समकक्षी नरेन्द्र मोदीसहित त्यहाँका शिर्ष नेताहरुसँग प्रचण्डले भेट गरिरहेका छन् । प्राधनमन्त्रीको भारत भ्रमणलाई धेरैले चासोको रुपमा लिएका छन् ।
बुवा–आमाको सधैँ सम्मान गरौं
बुवा–आमाको सधैँ सम्मान गरौं हरेक वर्ष वैशाख महिनाको कृष्ण पक्षको औंसीमा आमा र भाद्र कृष्ण औंसी अर्थात् कुसेऔंसीमा बुुवाको मुख हेर्ने चलन छ । यो चलन जस्तै हरेक वर्ष जुन १ तारिखमा विश्व आमाबुवा दिवस मनाउने गरिन्छ । आज पनि विश्वभर बुवा आमाको सम्मानमा यो दिवस मनाइंदै छ ।
बजेट कार्यान्वयनको अपेक्षा
बजेट कार्यान्वयनको अपेक्षा सरकारले आगामी वर्षका लागि अर्थात् साउनदेखि लागू हुने गरी विगतमा झैं बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत गरेका छन् । बजेट प्रस्तुत भएपछि बजेटका विषयमा फरक–फरक धारणाहरु सार्वजनिक भइरहेका छन् । तर, समग्रमा...
Weather Update