Shittalpati
पाल्पा उद्योग वाणिज्य संघलाई चुनावी चटारो, अध्यक्षमा दुई जनाको उम्मेदवारी

पाल्पा, पाल्पाका उद्योगी तथा व्यवसायीहरुको छाता संस्था पाल्पा उद्योग वाणिज्य संघमा चुनावी चहलपहल सुरु भएको छ । तीनवर्षे कार्यकालका लागि मंसिर १२ गते हुने चुनावको चहलपहल सुरु भएको हो । संघको नेतृत्वका लागि अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी परेको छ । जसमा अहिलेका महासचिव शैलेन्द्र भट्टराई र कोषाध्यक्ष राजिव श्रेष्ठको उम्मेदवारी परेको हो ।

वाणिज्य उपाध्यक्ष भएर तीन वर्ष र त्यसअघि महासचिव साथै सदस्य भई कुशल जिम्मेवारी पुरा गरेका भट्टराई अहिले अध्यक्ष हुनलाई कोसिश गरेका छन् । श्रेष्ठ विगतमा सदस्य हुँदै तीन कार्यकाल कोषाध्यक्ष भएर काम गरेका छन् । यस्तै संघको उपाध्यक्षमा वाणिज्य उपाध्यक्षमा भीमबहादुर श्रेष्ठ निर्विरोध भएका छन् । उद्योग उपाध्यक्ष पदमा भने दुुई जनाको उम्मेदवारी परेको छ । जसमा उत्तम कुमार बज्राचार्य र रमेशराज बज्राचार्यको मनोनयन दर्ता भएको छ । सोमबार हुने निर्वाचनका लागि अध्यक्ष, वाणिज्य उपाध्यक्ष, उद्योग उपाध्यक्ष र १३ क्षेत्र तथा एसोसिएटका लागि ३४ जनाको उम्मेदवारी परेकोमा केहीले शुक्रबार फिर्ता लिएका छन् । जसमा वाणिज्य उपाध्यक्ष एक सिटमा भिमबहादुर श्रेष्ठ निर्विरोध भए । उनको पदमा कसैको पनि दोस्रो व्यक्तिको उम्मेदवारी परेन ।

एसोेसिएट सदस्यमा विष्णुप्रसाद पाण्डे पनि निर्विरोध भए । उनी एक्लो उम्मेदवार बने । यस्तै क्षेत्र २ को सदस्यमा संजयकुमार श्रेष्ठ, क्षेत्र ३ को एक सिटमा खुमप्रसाद पोखरेल, क्षेत्र ४ को दुई पदमा नारायण पछाई, मञ्जु रेग्मी, क्षेत्र ५ को सदस्य दुई सिटमा विनायक महर्जन, किशोदर्शन बज्राचार्य, क्षेत्र ६ मा दुुई सिटका लागि लक्ष्मणप्रसाद रेग्मी, अमनप्रसाद श्रेष्ठ, क्षेत्र नं. ८ मा दुई सिटका लागि रञ्जना कुमारी थापा अर्याल, प्रज्वल राज शाक्य, क्षेत्र ९ को एक सिटमा समिरमान सिंह निर्विरोध भएको संघका कार्यकारी अधिकृत शुसिल प्रधानले जानकारी दिए । यस्तै, क्षेत्र १० को दुुई सिटमा विदुर घिमिरे, सुरेश गोदार, क्षेत्र १२ को दुई सिटमा दीपक घिमिरे, मुक्तिराम जिसी र क्षेत्र १३ को एक सिटमा समता मियाँ निर्विरोध भएका छन् ।

प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update