Shittalpati
पाल्पा रारा सहकारीमा नयाँ नेतृत्व, अध्यक्षमा कार्की

पाल्पा, तानसेनमा रहेको पाल्पा रारा बचत तथा ऋण सहकारी संस्थामा नयाँ नेतृत्व आएको छ । सहकारीको शुक्रबार भएको २२ औं साधारण सभाले भिमसेन कार्कीको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।

निर्वाचन प्रक्रियामार्फत सहकारीको नयाँ नेतृत्व चयन गरिएको निर्वाचन अधिकृत अधिवक्ता राजन नेपालले बताए । उनका अनुसार सहकारीको उपाध्यक्षमा अरुण कुमार श्रेष्ठ, सचिव अजयमान कर्मचार्य, चयन भएका छन् । यस्तै सदस्यहरुमा हिरा बहादुर शाहा,जगदीश भट्टराई, विजता भट्टराई, उमाकान्त पाण्डे, संजय प्रधान, यज्ञप्रसाद श्रेष्ठ रहेका छन् ।

सहकारीको लेखा समितिको संयोजकमा माधव अर्याल, सदस्यहरु सुनिल कर्मचार्य र जीवन पोखरेल रहेको निर्वाचन अधिकृत नेपालले बताए । अध्यक्षमा चयन भएसँगै भिमसेन कार्कीले सहकारीलाई थप मजबूद र प्रभावकारी बनाउदै लैजाने बताए । उनले आफुले भ्रष्टचार नगर्ने र कसैलाई पनि गर्न नदिने बताए । अध्यक्ष कार्कीले भने‘ बरु म नष्ट हुँला तर भ्रष्ट हुँदैन ।’

 

प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update