Shittalpati
घर भत्किइ घाइते हुने परिवारलाई सहयोग

कृष्ण पोखरेल
पाल्पा, पहिरोले घर भत्किई घाइते हुने परिवारलाई आर्थिक सहयोग गरिएको छ । बडा दशंैको समयमा अविरल बर्षासँगै आएको पहिरोले घर भत्किई घाईते भएका घरपरिवारलाई जिल्ला विपद व्यबस्थापन समितिले नगद राहत सहयोग गरेको हो । गएको असोज २१ गते अविरल बर्षा संगै आएको पहिरोले तिनाउ गाउँपालिका वडा नंं ६ मस्यामा चिदीसका निरबहादुर सारुको घर भत्किएको थियो । सारुको घर भत्किदा २१ बर्षिया छोरी विष्णुमाया सारु र कमला सासुको डेढ बर्षिया छोरी आरुसी खासु घाइते भएका थिए ।

घरधनी तिनाउ ६ मस्यामकी गोविन्द कुमारी सारुलाई जिल्ला विपद व्यबस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले नगद २५ हजार रुपैयाँ हस्तान्तरण गरेका छन् । निजको नयाँ घर निर्माणको विभिन्न तहमा सहजीकरण गरिने प्रजिअ पन्तले बताए । घर भत्किदा नगद सहित अन्नपात नोक्सान भएकाले पाएको नगद सहयोगबाट घर खर्च चलाउने पडित सारुले बताईन् ।

जिल्ला विपद् व्यवस्थापन समिति पाल्पाले बाढी पहिरो तथा घर भत्किएका परिवारका लागि तत्काल घाम पानी र चिसोबाट बच्नको लागि जिल्लाका १० वटै पालिकाहरुलाई ५० वटाका दरले त्रिपाल वितरण गरेको छ । सारुलाई तिनाउ गाउँपालिकामार्फत २ वटा त्रिपाल समेत सहयोग प्रदान गरिएको छ । अविरल बर्षाले पाल्पा जिल्लामा ५० घरमा क्षति गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update