Shittalpati
माछापुच्छ्रेले वार्षिक उत्सवमा गर्‍यो कर्मचारीलाई सम्मान

पाल्पा, माछापुच्छ्रे बैंकले २३ औं वर्षमा प्रवेश अवसरमा कर्मचारीहरुलाई सम्मान गरेको छ । बैंकले वार्षिक उत्सवमा एक औपचारिक कार्यक्रम गरी २० वर्ष भन्दा बढी निरन्तर सेवा गरिरहेका कर्मचारीहरुलाई सम्मान गरेको हो । कार्यक्रममा बैंकका अध्यक्ष डा. वीरेन्द्रप्रसाद महतोले २२ वर्षसम्मका यात्रालाई सफल बनाउन योगदान दिने सबैमा धन्यवाद दिंदै आगामी दिनहरुमा पनि अझ गुणस्तरीय बैंकिङ सेवा दिंदै थप उत्कृष्ट सुविधाहरु प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा सञ्चालक समितिका सदस्यहरु रोशन केसी, जयमुकुन्द खनाल र विश्वप्रकाश गौतमले आ–आफ्नो धारणा राख्दै बैंकलाई सहयोग गर्ने सबैमा धन्यवाद दिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकले सवल उत्कृष्ठ एंव विस्तारित भन्ने नाराका साथ बैंक पूँजी, व्यवसाय वृद्धि, शाखा सञ्जाल विस्तार एवं रोजगारी सिर्जना लगायत सबै हिसाबमा अग्रणी स्थानमा रही समस्त राष्ट्रको आर्थिक विकासमा टेवा पुर्‍याउन निरन्तर लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।

बैंकले आफ्नो २२ औ वार्षिकोत्सवको अवसरमा विभिन्न क्यासब्याक तथा डिस्काउन्ट अफरहरु समेत ल्याएको छ । जसको उपयोग बैंकले प्रदान गर्दै आएको डिजिटल सेवा सुविधाहरु (एमबीएल एम स्मार्ट, डेबिट तथा क्रेडिट कार्ड) बाट लिन सकिने छ । ग्राहकको अगाध माया र अटुट विश्वास, नियमकारी निकायको मार्गदर्शन, सेयरधनी सदस्यको भरोसा, कर्मचारीको अतुलनिय योगदानको फलस्वरुप २३ वर्षमा प्रवेश गरिएको बैंकले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update