Shittalpati
एनआईसी एशिया बैंकले दक्षिणा दिने

पाल्पा, एनआईसी एसिया बैंकले बडा दसैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको पावन अवसरमा दक्षिणा दिने भएको छ । बैंकको ‘एनआईसी एसियामा रेमिट्यान्स आयो, दक्षिणा पायो’ योजनामा सहभागी हुनेलाई दक्षिणा दिने भएको हो । योजना अनुसार यस बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिट्यान्स बुझ्ने ग्राहकलाई आकर्षक दक्षिणाको व्यवस्था गरिएको बैंकले जनाएको छ । बैंकले १ असोजदेखि ३० कात्तिकसम्म लागू हुने गरी ल्याएको यस योजना विश्वका विभिन्न देशहरूबाट स्वदेशमा पठाएको रेमिट्यान्सको हकमा लागू हुनेछ । योजनामा विदेशमा रहेका आफन्त वा साथीहरूले पठाएको रेमिट्यान्स यस बैंकमा रहेको खातामार्फत बुझ्दा उक्त खातामा बैंकले दक्षिणाको रुपमा थप ३ सय रुपैयाँ प्रदान गर्ने व्यवस्था गरेको छ ।

यस्तै बैंकले योसँगै डिजिटल कारोबारलाई प्रोत्साहन गर्नका निमित्त आफ्ना ग्राहक महानुभावहरू समक्ष ‘दशैं–तिहार महोत्सव’ योजना सार्वजनिक समेत गरेको छ । योजनामार्फत भाटभटेनी सुपरमार्केट, सेल्सबेरी, बिगमार्ट, साथीमार्ट (५ वटा शाखामा) लगायत दर्जनौ मर्चेन्टहरूमा विभिन्न सामग्री खरिद गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक तथा छुट प्राप्त हुने बैंकले जनाएको छ । जसअनुसार १ असोजदेखि १५ कात्तिकसम्म भाटभटेनी सुपरमार्केटबाट तयारी पोसाक तथा जुत्ताचप्पल खरिद गरी बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा बैंकको तर्फबाट १० प्रतिशत वा ५ सयसम्म छुट प्राप्त गर्न बैंकले जनाएको छ । त्यसैगरी सोही अवधिभर सेल्सबेरी, बिगमार्ट एवं साथीमार्टबाट विभिन्न सामग्रीहरू खरिद गरी यस बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत तथा मोबाइल बैंकिङ्ग मार्फत क्यूआर भुक्तानी गर्दा १० प्रतिशत वा ३ सयसम्म छुट तथा क्यासब्याज उपलब्ध हुने पनि बैंकले जनाएको छ ।

देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । बैंकले मुलुकभर रहेका ३ सय ५९ शाखा कार्यालयहरू, ४ सय ७३ एटिएम, १ सय २ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकि·मार्फत् बैंकि· सेवा प्रदान आएको छ ।

प्रकाशित मिति: सोमबार, असोज १०, २०७९  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update