Shittalpati
सुजुकी ‘पर्वोत्सव’ ग्राहक योजना सुरु

पाल्पा, नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सिजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले दसैँ–तिहारभरिका लागि ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ ल्याएको छ । कम्पनीले मूल्यमा छुटसहित विभिन्न अफरको योजना ल्याएको हो । यो योजना अन्तर्गत ग्राहकले दुई लाख रुपैयाँ बराबरको नगद छुट, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्ड मार्फत एक लाख पचास हजार रुपैयाँसम्म अतिरिक्त छुट पाउने छन् । यो योजना सीमित अवधिका लागि भएको कम्पनीले जनाएको छ । यो योजना नेपालभर रहेका सुजुकी गाडीका ४२ वटै सोरूमहरुमा लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलका कारबमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुनेछन् ।

सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक छुटहरु लागू हुनेछन् । सुजुकी ब्राण्डले एस्प्रेसो, वागेन आर, इग्निस्, स्विफ्ठ, बलेनो, डिजाएर, सिआज्, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्स्एलसिक्स्, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबै भन्दा बढी गाडीका मोडेलहरु विक्री वितरण गर्दै आएको छ ।

प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update