Shittalpati
पाल्पा पशु सेवा विज्ञ केन्द्रको बजेट ७ करोड

कृष्ण पोखरेल
पाल्पा, भेटनरी तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाले चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । कार्यालयले ७ करोड ६ लाख ५३ हजार बराबरको नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको हो । पशु सेवा विज्ञ केन्द्र पाल्पाको चालु आर्थिक वर्षको कार्यक्रममा कृषि, उत्पादन, खाद्य तथा पोषण सुरक्षा कार्यक्रममा ९० लाख ७५ हजार, पशुपन्छी पर्यटन प्रवद्र्धन मार्फत आयआर्जन सहयोगमा २ लाख, बंगुरपालन कार्यक्रमको लागि १० लाख, प्रतिफलमा आधारित प्रोत्साहन अनुदान ३० लाख, ग्रामीण क्षेत्रमा कुखुरापालनमा १० लाख, डेरी तथा मासु पसल सुधारमा ८ लाख, अनुगमन मूल्याड्ढनमा ७५ हजार रुपैयाँ, स्माट कृषि कार्यक्रममा १ करोड १४ लाख, मत्स्य विकास कार्यक्रमको लागि ५ लाख ९५ हजार, कृषि तथा पशुपन्छी श्रोत तथा प्रविधि सेवा टेवा कार्यक्रमको लागि १ करोड ८६ लाख २ हजार, पशुपन्छी विकास तथा पशु स्वास्थ्य नियमन कार्यक्रमको लागि ३३ लाख ८० हजार र गाईका व्यवसायिक उत्पादन केन्द्र ब्लक कार्यक्रम संघीय सरकार मार्फत ३३ लाख रुपैयाँ बजेट रहेको कार्यालय प्रमुख डा.चन्दबहादुर रानाले जानकारी दिए ।

कार्यालयले चालु आर्थिक वर्षमा कृषकसंग कृषि मन्त्री कार्यक्रमको लागि ७ लाख ५० हजार, तिनाउ गाउँपालिकामा बंगुर श्रोत केन्द्र स्थापनाको लागि, ४ लाख रुपैयाँ, तानसेन र माथागढीमा बाख्रा र बंगुरको व्रिडर हर्ड स्थापनाको लागि ८ लाख, मागमा आधारित व्यवसायिक कृषि तथा पशुपन्छी विकास कार्यक्रमको लागि ३० लाख, पशु बाझोपन निवारण सेवाको लागि ६ लाख, पशु स्वास्थ्य तथा उपचार खोप सेवाको लागि ६ लाख, प्रयोगशाला सेवाको लागि ४ लाख, पशु स्वास्थ्य शिविरको लागि २ लाख ५० हजार, सामुदायिक प्रजनन केन्द्र स्थापनको लागि ५ लाख बजेट रहेको कार्यालय प्रमुख डा.चन्दबहादुर रानाले जानकारी दिए । माछापालनको लागि नयाँ पोखरी निर्माणको लागि ५ लाख, तानसेन नगरपालिकामा ७ मा गौशाला निर्माणको लागि १० लाख, बगनासकाली ८ बराङ्दीमा गाईभैसी प्रवद्र्धनको लागि १० लाख, पशुपन्छीका रोग नियन्त्रण लागि खोप अभियान कार्यक्रमका लागि २० लाख रुपैयाँ बजेटका कार्यक्रमहरु कार्यालयबाट सञ्चालन हुने कार्यालयका पशु प्राविधिक युवराज ज्ञवालीले बताए ।

पाल्पा दूध, मासु र अण्डामा आत्मनिभर बाहिरी जिल्ला निर्यात हुँदै आएको छ । पाल्पामा गत वर्ष मात्र ५२ हजार ५ सय ९८ मेट्रिक टन दूध उत्पादन भएको तथ्याड्ढ रहेको कार्यालयका सूचना अधिकारी डा.नविन बस्यालले जानकारी दिए । पाल्पामा दूधको विविधिकरण भएपछि वर्षायाममा समेत दूधको कमि देखिएको छ । विगतका वर्षहरुमा वर्षायाममा दूध विक्री नभई हेलिडे गर्नुपरेकोमा अहिले दूधबाट दही, पनिर चिज, खुवा, नौनी, घिउ, छ्ुर्पी उत्पादन हुँदै आएको छ । जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाालको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन कार्यालयका पशु प्राविधिक युवराज ज्ञवालीले गरेका थिए ।

प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update