Shittalpati
दुई हाइड्रोपावरले आईपीओ निष्कासन गर्न मागे अनुमति

पाल्पा, सगरमाथा हाइड्रोपावर र माइखोला हाइड्रोपावर कम्पनीले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । सगरमाथा हाइड्रोपावरले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ५४ करोड ८८ लाख रुपैयाँ बराबरको ५४ लाख ८८ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति माग गरेको छ ।

त्यस्तै माइखोला हाइड्रोपावर कम्पनीले १९ करोड २१ लाख ५६ हजार ८ सय रुपैयाँ बराबरको १९ लाख २१ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति मागरेको हो । दुई कम्पनीको करिब ७४ करोड ९ लाख ५६ हजार ८ सय रुपैयाँ बराबरको ७४ लाख ९ हजार ५ सय ६८ कित्रा आईपीओ निष्कासन अनुमति माग गरेका हुन् ।

सगरमाथा हाइड्रोपावरले ९ भदौ र माइखोला हाइड्रोपावरले २२ भदौमा आईपीओ निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएका हुन् । दुवै कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेका छन् । माइखोला हाइड्रोपावरले पनि इलाममा ३ मेगावाटको सुपरमाई क्यासकेड आयोजना निर्माण गर्दैछ । सगरमाथाले इलाम जिल्लामा रहेको माई नदीको पानी प्रयोग गर्न सुपरमाई ‘ए’ हाइड्रोपावर आयोजना निर्माण गर्दैछ । आयोजनाको क्षमता ९.९ मेगावाट हो । यी दुईसहित कुल ३२ कम्पनी आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डको अनुमतिको पर्खाइमा छन् ।

प्रकाशित मिति: शनिबार, भदौ २५, २०७९  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update