Shittalpati
यामाहाको ‘यामाहा फेस्टिभ ह्याट्रिक’ योजना

पाल्पा, नेपालीहरूको चाड दसैं, तिहार र छठलाई लक्षित गर्दै नेपालका लागि यामाहाको आधिकारिक वितरक रहेको यामाहा नेपालले ‘यामाहा फेस्टिभ ह्याट्रिक’ नामक वृहत्तर योजना ल्याएको छ । २१ भदौबाट सुरु भएको उक्त योजना यामाहाको कुनै पनि बाइक र स्कुटर खरिदमा लागु हुने कम्पनीले जनाएको हो ।

कम्पनीका अनुसार ‘यामाहा फेस्टिभ ह्याट्रिक’ अन्तर्गत यामाहाको कुनै पनि बाइक वा स्कुटर खरिद गर्दा तत्कालै स्योरशट उपहारमा छ हजार नगद जित्न सक्नेछन् । यस्तै ‘फिफा विश्वकप २०२२’ लाई समेत लक्षित गर्दै लक्की ड्रमार्फत हरेक दिन ३ जनाले हाइसेन्सको ५० इन्चको स्मार्ट टिभी जित्न सक्ने कम्पनीले जनाएको छ । यसका अतिरिक्त उक्त योजना अन्तर्गत अब यामाहाको बाइक वा स्कुटर खरिद गर्न चाहनेहरूका लागि कम्पनीले अझ सुलभ प्रक्रिया ल्याएको बताएको छ । कम्पनीका अनुसार यस योजना अवधिभित्र यामाहाको बाइक वा स्कुटर किन्न चाहनेहरूले पहिले जस्तो लामो प्रक्रियाबाट गइरहनपर्ने छैन । सीमित केही कागजपत्र देखाइ ग्राहकले अब ३० मिनेटमा सबै वित्तीय प्रक्रिया पूरा गरी यामाहाको बाइक वा स्कुटर लिन सक्ने कम्पनीले दावी गरेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update