Shittalpati
एनआईसी एसिया बैंकको नाफा ४ अर्ब भन्दा बढी

पाल्पा, एनआईसी एसिया बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ५३ करोड खुद मुनाफा आर्जन गरेको जनाएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार आ.व. २०७८/०७९ मा आर्जन गरेको खुद मुनाफा वार्षिक विन्दुगत आधारमा ३९ प्रतिशतको वृद्धि भएको पनि जनाएको छ ।

यसैगरी बैंकको स्वपुँजीमा प्रतिफल १९.६५ प्रतिशत छ, जुन २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । बैंकको प्रतिसेयर आम्दानीतर्फ ३९.१३ रुपैयाँ आर्जन गर्न बैंक सफल भएको छ । जुन २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्क्रिय कर्जालाई ०.४९ प्रतिशतमा सीमित राख्न सफल भएको पनि बैंकले दाबी गरेको छ । त्यसैगरी बैंकको कुल पुँजी पर्याप्तता अनुपात १३.५१ प्रतिशत र टायर १ क्यापिटल एडिक्वेसी रेसियो ८.९३ प्रतिशत पुर्‍याई पुँजी व्यवस्थापनतर्फ पनि उत्साहजनक नतिजा हासिल गर्न बैंक सफल भएको जनाएको छ ।

बैंकले आव २०७८/०७९ को चौथो त्रैमाससम्ममा १२ लाखभन्दा बढी नयाँ खाताहरू थप गर्दै ४० लाखभन्दा बढी खाताहरू पुगेको भन्दै चौथो त्रैमासिक सम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल कर्जाहरु कर्जा विस्तार गरेकोे जनायो । साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको बैंकले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, साउन ७, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update