Shittalpati
अप्पर सोलुको खुल्यो आईपीओ

पाल्पा,  अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ । अंकित मूल्य प्रतिकित्ता १ सय का दरले कम्पनीले कुल १९ लाख ५७ हजार ५ सय कित्ता आइपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले सोमबारदेखि साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले कूल निष्काशनको दुई प्रतिशतले हुने ३९ हजार १ सय ५० कित्ता कर्मचारीलाई र पाँच प्रतिशत अर्थात् ९७ हजार ८ सय ७५ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइ बाँकी १८ लाख २० हजार ४ सय ७५ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेकोे छ । सार्वजनिक आह्वान पत्रानुसार सर्वसाधारणले यही असार २३ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने छन् । जसमा मागबमोजिम आवेदन नपरे आगामी साउन २ गतेसम्म बिक्री खुला हुने पत्रमा उल्लेख छ । हाल आईपीओमा आवेदन दिनेको संख्यामा उल्लेख्य वृद्धि भएकाले निष्काशन बन्द छिटो नै हुने सम्भावना पनि प्रवल छ ।

कम्पनीले सोलुखुम्बु जिल्लाको सोलु दूधकुण्ड नगरपालिका हुँदै बहने सोलु खोलामा २३.५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत तथा मेरो शेयरको मोबाइल एप तथा वेबसाइटमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन सकिने छ । आफ्नो खाता रहेको बैंकको शाखा तथा सीडीएससीको अनलाइन प्रणाली मेरो सेयरमार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  १०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update