Shittalpati
रामपुर नगरपालिकाले २० वेडको क्वारेण्टाइन निर्माण गर्ने

इमान सिं राना
पाल्पा (रामपुर) । रामपुर नगरपालिकाले २० वेडको क्वारेन्टाइन निर्माण गर्ने भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसले ल्याउन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै रामपुर ५ सानी अमराई स्थित बालकल्याण प्राथमिक विद्यालयमा क्वारेन्टाइन निर्माण गर्न लागेको हो ।

मंगलबार रामपुर नगरपालिकाले आह्वान गरेको राजनैतिक दल, इलाका प्रहरी कार्यालय रामपुर, इलाका प्रशासन कार्यालय रामपुर, सुरक्षा बेस क्याम्प रामपुर, रामपुर अस्पताल, रामपुर उद्योग वाणिज्य संघ, नमस्ते रामपुर यातायात प्रालिका प्रमुखहरुको बैठकको सुझाव अनुसार नगरपालिकाले सो निर्णय गरेको हो । सरोकारवालाहरुले गरेको निर्णय कार्यपालिकाको बैठकले अनुमोदन गरेको छ । नगरपालिकाले कोरोना भाईरस संक्रमणको आशंका लागेमा क्वारेन्टाईनमा राख्ने छ ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बुधबार सम्ममा २० वटा बेड तयार हुने जानकारी दिदै आवश्यक परेमा थप वेड व्यवस्था गर्ने बताए । त्यस्तै नगरपालिकाले नगरबासीहरुको स्वास्थ्य परीक्षण र जनचेतनाका लागि स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी सहितको दुई वटा घुम्ती टोली परिचालन गर्ने भएको छ । भारत तथा तेस्रो मूलुकबाट हालसालै नगरपालिका भित्रिएका वडा कार्यालय मार्फत पहिचान गरी २ हप्तासम्म स्वयं होम क्वारेण्टाईनमा बस्न आग्रह गरेको छ । नगरपालिकाले सार्वजनिक तथा निजी सवारी सञ्चालनमा रोक लगाउने, नगर भित्रका औषधी पसल र दुध बाहेकका व्यवसाय बन्द गर्ने, जनचेतनालाई प्रभाकारी बनाउने तथा अत्ति आवश्यक काम बाहेक अनुमती विनाघर बाहिर ननिस्कन आग्रह गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update