Shittalpati
वित्तीय विवरण र एकरूपता

वित्तीय विवरण भन्नाले संस्थाको वित्तीय अवस्था तथा कार्य सम्पादनको चित्रण गर्ने आधिकारिक विवरणहरुलाई जनाउँदछ । नेपालको सन्दर्भमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले लागु गरेको नेपाल लेखामान अनुसार वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण जस्ता वित्तीय विवरणहरु रहन्छन् । यस्ता विवरणहरुले संस्थाको वित्तीय अवस्थाको बारेमा चित्रण गर्दछन् ।

संस्थामा भएका सवै आर्थिक कारोवारको प्रतिवेदन नै वित्तीय विवरण हो । वित्तीय विवरणमा एकरूपता भएन भने न त कम्पनीको वास्तविक वित्तीय अवस्थाको जानकारी हुन्छ न त सर्वसाधारणमा विश्वासनीयता कायम हुन्छ । पछिल्लो समय एउटै वित्तीय विवरण बनाउने अभ्यास देखिए पनि नियमित अनुगमन हुन सकिरहेको छैन । हालैको मौद्रिक नीतिले समेत कर कार्यालय र बैंक तथा वित्तीय संस्थामा बुझाउने वित्तीय विवरण एकै हुनुपर्छ भन्ने उल्लेख गरेको छ । वित्तीय विवरण एउटै हुने व्यवस्थालाई कडाई गर्दा कर्जा लगानीमा कमी आयो भन्ने बैंक तथा वित्तीय संस्थाको गुनासो पनि छ ।

वास्तवमा यसबाट झन गुणस्तरीय कर्जा बढी देशको उत्पादकत्व वृद्धि हुन्छ । यो अन्र्तराष्ट्रिय प्रचलन समेत हो । कर्जा लिदाँ फरक वित्तीय विवरण पेश गरी राजस्व छली गरेको र बैंक कर्जासमेत अपचलन भएको कसूरमा विगतमा कानुनी कारबाही भएका पनि छन् । वित्तीय विवरणको आधारमा लगानीकर्ताले संस्थाको वास्तविक अवस्थाको पहिचान गरी लगानी गर्छन् । राजस्व संकलनको वास्तविक तथ्यांक पनि वित्तीय विवरणबाट नै प्रक्षेपण गर्न सकिन्छ । कमजोर वित्तीय विवरण र फरक वित्तीय विवरणको कारण सरकारको स्वामित्वमा रहेका वाणिज्य बैंकहरू तथा निजीक्षेत्रका बैंकहरूबाट लगानी भएको कर्जा डुबेको र हालसम्म पनि उठ्न नसकेको अवस्था पनि छ । सरकार र बैंकलाई बुझाउने वित्तीय विवरण फरक हुदाँ कर्जा प्रवाहमा समस्या पर्ने गरेको छ । सरकार र बैंकलाई बुझाउने वित्तीय विवरण किन फरक हुन्छ भन्नेतर्फ सम्वद्ध निकायले बेलैमा ध्यान दिनु जरुरी छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०७६  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update